Print

नारायण माविको ब्यवस्थापन समिति अवैधानिक ! अभिभावकहरुद्धारा उजुरी

२७ माघ, पर्वत । सदरमुकाम कुश्माको पुरानो विद्यालयमा नारायण माविको ब्यवस्थापन समिति विवादमा परेको छ । केहि अभिभावकहरुको भेलाले घोषणा गरेको नयाँ ब्यवस्थापन समिति अवैधानिक भएको भन्दै अभिभावकहरुले विरोध गरेका हुन ।

गणपुरक सख्या विना अभिभावकको भेला गरी  अध्यक्ष घोषणा गरिएपछि विद्यालयमा विवाद देखिएको हो । यस अघि विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा विद्यालयका पूर्व प्रचार्य समेत रहेका बसन्त बहादुर सिकेलाई घोषणा गरिएको थियो ।

एक हजार विद्यार्थी रहेको विद्यालयमा झण्डै १ सय ५० अभिभावकहरु जम्मा भएर घोषणा गरिएको ब्यवस्थापन समिति अवैधानिक भएको भन्दै अभिभावकहरुले कुश्मा नगरपालिका शिक्षा शाखामा उजुरी हालेका छन । उजुरी उपर कारबाही नभए केहि दिन भित्रै उच्च अदालतमा रिट दायर गर्ने अभिभावकहरुको तयारी छ । विद्यालयका अभिभावक प्रल्हाद गिरीको नेतृतवमा पत्रकार सम्मेलन नै गरेर  ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरु र अभिावकहरुले विरोध गरेका हुन ।

अध्यक्षमा घोषणा गरिएका सिके विद्यालयका अभिभावक नभएको अन्य अभिभावकहरुको तर्क छ । नेपाल सरकारको शिक्षा ऐन र नगर शिक्षा ऐनमा ब्यवस्था नै नभएको कुरा कार्यान्वयन कुनै अवस्थामा पनि हुन नदिने गरी आफूहरुले कानुनी लडाई लड्ने अभिभावक गिरीले बताए । सहमतिमा अभिभावक नभएका ब्यक्तिहरु पनि समितिको अध्यक्ष हुनसक्ने तर विवाद सृजना भए त्यो सर्वमान्य नहुने अभिभावकहरुको भनाई छ । उता, सिकेले भने आफूलाई समितिले मनोनित गरेको कारण आफू समितिको सदस्य बनेको बताउँछन ।

समिति बनेपछि समितिले सर्वसहमत अध्यक्ष तोकेकाले बाँकी कुराहरुलाई आफूलाई थाहा नभएको उनको भनाई छ । आफू अभिभावक नभएकाले अभिभावक भेलामा नगएको बताउँदै भेलाबाट गठिन ५ जनाको समितिले आफूलाई पछि मनोनित गरेको पत्र आफूलाई प्राप्त भएको सिकले बताए । समितिलाई सहमतिमा टुंगाउने गरी यस अघि गिरीलाई पनि ब्यवस्थापन समितिमा ल्याउने निर्णय भए पनि गिरीको ठाउँमा सिकेलाई मनोनित गरेपछि विवाद सार्वजनिक भएको हो ।

नारायण मावि कुश्मा बजारको पहिलो र पुरानो विद्यालय हो । विज्ञान विषयमा कक्षा ११ र १२ मा अध्यापन शुरु भएको विद्यालयले पछिल्लो समय अंग्रेजी माध्यमको पढन् पाठन समेतको शुरुवात गरेको छ । विद्यालयमा अंग्रेजी माध्यमको अध्यापन हुन थालेपछि विद्यार्थीको चाप भने ह्वातै बढेको छ ।

अर्थ वीट साप्ताहिकमा खबर छ