१३ पुस, पर्वत । जिल्लाबाट कुशुम खबर नाम दैनिक पत्रिकाको प्रकाशनको शुरुवात भएको छ । जि एण्ड जि मिडिया प्रालिले उक्त पत्रिका प्रकाशनमा ल्याएको हो । पुस १३ गते पहिलो अंक सार्वजनिक गर्दै प्रालिले दैनिक पत्रिका प्रकाशनमा ल्याएको हो ।
यस अघि अर्थ वीट साप्ताहिक र पर्वत न्यूज डटकम नामक सञ्चार माध्यम सञ्चालन गरीरहेको प्रालिले स्थानीय दैनिक पत्रिकाको रुपमा उक्त पत्रिका प्रकाशनमा ल्याएको हो ।
४ पृष्ठमा प्रकाशन हुने पत्रिकामा विश्वसनीय खवरहरुको माध्यमबाट स्वच्छ र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसाथ गर्ने पत्रिकाका प्रवन्ध निर्देशक गणेश गिरीले जानकारी दिए ।
पर्वत जिल्लामा यस अघि १ दैनिक र ७ साप्ताहिक पत्रिका प्रकाशनमा छन ।




