Print

सम्बृद्धिको बाटोमा पर्वत : १७ सडक कालोपत्रे हुँदै, ८ वटा मोटरेवल पुल बन्दै

६ पुस, पर्वत । देशमा संघियता र गणतन्त्र आयो । नयाँ संरचना पछिको पहिलो निर्वाचन २०७४ सालको मंसीर महिनामा सम्पन्न भयो । यो निर्वाचन संघ र प्रदेशको निर्वाचन थियो । संघिय सरकार निर्माण गर्ने र प्रादेशिक सरकार निर्माण गर्ने प्रयोजनका लागि भएको उक्त निर्वाचनमा जनताका आशा र अपेक्षा धेरै थिए । देश दशकौैं देखिको द्धन्द्धले आक्रान्त बनेको थियो । विकास योजनाहरु ठप्प प्रायः थिए ।

जनआन्दोलनको बलबाट निर्माण भएको संविधान सभाको सरकारले पनि देशमा विकास योजनाहरु खासै दिन सकेन । संविधान निर्माणमा भएको आलटाल र विकास आयोजनाहरुको वेवास्तापनले फेरी पनि नेपाल केहि बर्ष धकेलियो । ति सवै खालका राजनैतिक परिर्वतनहरु सकिएसंगै देशमा अहिले स्थिर र बहुमतको सरकार छ । त्यसको नेतृत्व कम्युनिष्ट पार्टीले गरीरहेको छ ।

पर्वत जिल्लामा गत २ बर्ष अघि संघ र प्रदेशको निर्वाचनमा उमेदवारहरुले मत माग्न गाउँ, टोल र वस्तीमा पुग्दा सवै जनताको एउटा माग थियो ‘विकास’ । ‘गाउँ रित्तिएका छन, वस्ती खाली भएका छन, गाउँमा विकास छैन’ । मुख्यतः दुई दलको प्रतिस्पर्धा रहेको उक्त निर्वाचनमा कम्युनिष्ट पार्टीका उमेदवारले धेरै ठूला सपनाहरु बाँडेका थिए ।

सडक कालोपत्रे, घर घरमा पानी धारा, ठूला सिंचाई आयोजनाहरु । त्यति मात्र नभई देशमा पहिलोपल्ट रेल र ठुला नदी तथा प्रशान्त महासागरमा पानीजहाज । त्यसको प्रतिस्पर्धी दल नेपाली कांग्रेसको भने विकासका योजना भन्दा कम्युनिष्ट सरकार अधिनायकबादी हुन्छ त्यसैले भोट आफूलाई दिनुपर्छ भन्ने माग थियो । कांग्रेसले पनि गाउँ र शहरलाई हराभरा बनाउने प्रतिबद्धता सहित भोट माग गाउँ र वस्तीमा पुगेको थियो । निर्वाचनको बेलामा जस्ले जति धेरै र जति मात्रामा विकास योजनाहरु बाँडे पनि त्यो पुरा भए नभएको जनताले भने मूल्यांकन गर्ने दिन अव शुरु भएको छ ।

पर्वतमा प्रतिनिधि सभा (संघ)ं को निर्वाचनमा कम्युनिष्टका उमेदवारले १३ हजार भन्दा बढि मतान्तरले प्रतिस्पर्धीलाई हराए । उता, प्रदेशमा पनि कम्युनिष्ट पार्टीकै २ जना उमेदवार विजयी भए । निर्वाचनमा गरेका बाचाहरु पुरा गर्ने दायित्व र कर्तब्य बोध नेताहरुले लिएका छन कि छैनन भनेर केहि तथ्यांकहरुलाई नजरअन्दाज गर्दा मात्र पनि प्रतिबद्धताका चाङसंग विकास आयोजनाहरुले भने मेल खाएको देखिन्छ ।

प्रतिनिधि सभाका उमेदवार पदम गिरीले जिल्लाका मुख्य मुख्य सडक कालोपत्रे गर्ने सवै भन्दा ठूलो र महत्वकाक्षी योजना प्रस्तुत गरेका थिए । उनले आफ्नो कार्यकालमा साइकल चढेर उत्तर दक्षिण यात्रा गर्न सकिने समेत बाचा गरेका थिए ।

प्रदेश सभाका उमेदवारहरु नेत्रनाथ अधिकारी र विकास लम्सालले पनि सडकलाई नै पहिलो प्राथमिकतामा राखेका थिए । लम्सालले सवै टोलका सडक समेत कालोपत्रे गर्ने अर्को महत्वकाक्षी योजना प्रस्तुत गरेका थिए । खानेपानी, सिंचाई पनि उनीहरुको एजेण्डा थियो । अझ बढि कम्युनिष्ट पार्टीका आमसभाहरुमा विदेश जाने दर रोक्ने गरी योजना ल्याउने समेत उनीहरुले प्रतिबद्धता ब्यक्त गरेका थिए । कति प्रगति भयो त यो दुई बर्षमा केहि मुख्य र ठूला आयोजनाहरुको उपलब्धिका बारेमा अव चर्चा गरौं ।

मुख्य सडक कालोपत्रे

पर्वत जिल्लामा झण्डै सवै वस्तीहरुमा सडक पुगेको छ । सदरमुकाम देखि उत्तर र दक्षिणी क्षेत्रका सवै वडाहरुमा मुख्य सडकले छोएको छ । कच्चि सडक खनिएको लामो समय भइसक्दा पनि सडकको अवस्थामा भने जिर्ण अवस्थामा छन । अधिकांश सडकहरुमा बर्षातको समय सवारी साधन चल्न नसक्ने अवस्था थियो । त्यहि कुरालाई मध्यनजर गर्दै निर्वाचनमा सवैले सडकलाई पहिलो प्राथमिकतामा राखेका थिए ।

यतिबेला पर्वत जिल्लाका १७ वटा सडक खण्डहरु कालोपत्रेको चरणमा छन । ति सडकहरुमा कालोपत्रेको काम शुरु भईसकेको छ । केहि सडकहरु बहुबर्षिय ठेक्का मार्फत कालोपत्रेको चरणमा छन भने केहि सडकहरु बार्षिक कार्यतालिकामा छन ।

जिल्लाको सवै भन्दा पुरानो सडक दोविल्ला देखि फलेवाससम्मको सडक यहि बर्ष नै पुरा हुँदैछ । यो सडकको केहि खण्ड यस अघि नै कालोपत्रे थियो । दोविल्ला देखि साइकलचोक हुँदै मल्याङदी खोलासम्म सडक कालोपत्रे भए पनि बाँकी खण्ड साइकलचोक देखि फलेवास ढिकसम्मको काम बाँकी थियो । त्यो खण्डमा अहिले प्रदेश सरकार मार्फत सडक कालोपत्रेको काम भईरहेको छ ।

उता, गण्डकी प्रदेश सरकारले रणनैतिक सडकको रुपमा मिलनचोक–सल्यान–घाहाखेत–धाइरिङ धारापानी–ढोटनरी सडक तथा चिसापानी–हुवास–वहाकी सडक पनि कालोपत्रे गर्दैछ । दुवै सडकमा ठेक्का आब्हान भई काम शुरु भइसकेको छ । उता, आरसिआइपि कार्यक्रम अन्तर्गत जिल्लाका २ सडक, ३ खण्डमा कालोपत्रे हुँदैछन् । कुश्मा देखि हुवास जोड्ने मु्ख्य सडकको लमायखोला–लुंखु खण्ड तथा हुवास–लुंखु सडकको काम उक्त कार्यक्रमले कालोपत्रे गर्दैछ । दुवै सडकमा काम भईरहेको छ । यसैगरी सोहि कार्यक्रमले अर्मादी–खुर्कोट–बनौ सडकमा पनि कालोपत्रे गर्दैछ ।

भुकम्पले क्षतिग्रस्त सडकमा सिफारिस भएका जिल्लाका दुई सडकहरु कालोपत्रे हुँदैछन । ति मध्ये पातिचौर–देउपुर–लप्सीबोट भुक सडकको काम रप्तारमा छ । केहि समयमै उक्त सडकको काम सकिदैछ । उता, वारीवेनी–वगरफाँट–माझफाँट सडकको काम पनि शुरु हुने अवस्थामा छ । संघले काम गरीरहेका तर पछिल्लो समय संघको कार्यालयबाट प्रदेशमा हस्तान्तरण भएका सडकहरुमा डिमुवा–तिलाहार–राम्जादेउराली सडक, घुम्ति–लाम्पाटा–पाङ सडकमा पनि कालोपत्रेको काम भईरहेको छ । आगामी बर्ष भित्र नै यी सडकहरुको कालोपत्रेको काम सकिनेछ ।

यसंैगरी संघले रणनैतिक सडकको रुपमा राखेका कुश्मा–दुर्लुङ–क्याङ सडक र साइकल चोक–गहतेपोखरा–ठुलिपोखरी सडकमा पनि बार्षिक कार्यक्रम अनुसार सडक कालोपत्रेको काम अघि बढेको छ । प्रदेश सरकार मार्फत नै सिल्मी–ठुलिपोखरी–खौला सडक, पातिचौर–बाजुङ–क्याङ सडक, लमायखोला–लिमिठाना–ठानामौला–भंगरा–थापाठाना सडकमा पनि बार्षिक कार्यक्रम अनुसार कालोपत्रेको चरण अघि बढेको छ ।

उता, कालीगण्डकी लोकमार्ग अन्तर्गतको शालीग्राम–रानीपानी सडक पनि कालोपत्रेको लागि अघि बढेको छ । यो सडक पनि बहुबर्षिय ठेक्का मार्फत कालोपत्रे हुँदैछ । उता, प्रदेश सरकारसंग साझेदारी गर्ने गरी महाशिला गाउँपालिकाले पाखापानी मलकवाङ–जोरकाफल–लुंखु सडक पनि कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरीसकेको छ ।

 

मोटरेवल पुल तर्फ

यसैगरी पर्वत जिल्लामा ७ वटा मोटरेवल पुलहरु निर्माण भईरहेका छन । ९ वटा मोटरेवल पुलहरु निर्माण हुने प्रक्रियामा रहेका छन । यि सवै पुलहरु सम्पन्न हुँदा यो अवधिमा कुल १६ वटा मोटरेवल पुलहरुको निर्माण कार्य सकिनेछ । जिल्लामा मुख्य गरी कालीगण्डकी नदी बागलुङ जिल्लासंगको सिमानामा पर्दछ । यसैगरी मोदी नदी जिल्लाको वीच भागबाट बग्दछ ।  मोदीवेणीघाट मोटरेवल पुल कुश्मा र मुडिकुवा जोड्ने गरी निर्माण भईरहेकोछ । यो पुल कालीगण्डकी लोकमार्गमा पर्दछ ।

यसैगरी मोदीखोलामा चुवाको गाडतारामा र नयाँपुल देखि भुक जोड्ने पुल निर्माण हुने चरणमा छ । नयाँपुल देखि भुक जाने मोदीखोलाको पुल सडक डिभिजन कार्यालयले बनाउन लागेको हो । भने चुवाको गाडतारामा रहेको पुल प्रदेश सरकारले निर्माण गर्न लागेको हो । यसैगरी यसै बर्षबाट शुरु भएका पुलहरुमा झिल्लीबराङ घारेपानी मोटरेवल पुल, लमायखोला अचले भंगरा जोड्ने मोटरेवल पुल, जैमिनीघाट मोटरेवल पुल हुन । नारायणस्थान कुश्मा जोड्ने पुलको पनि सर्वे भईरहेको छ ।

यसैगरी सेतीखोला, सेराखोला, गेडीखोला, मेर्दिखोला र सिब्दीखोलामा पनि मोटरेवल पुल निर्माण हुँदैछन । यी पुलहरु सडक सञ्जाल भित्र सडक कालोपत्रे हुँदा निर्माण हुने भएका हुन । यी पुलहरुको समेत ठेक्का आब्हान भईसकेको छ । उता, कुश्माको झाप्रेवगर र कुश्माकै जहरे खोलामा पनि मोटरेवल पुल निर्माण हुँदैछन । कल्लेरीघाटमा कुश्मा देखि बागलुङ जोडने र कालीगण्डकी माथि नारायणस्थान देखि कुश्मा जोड्ने मोटरेवल पुल पनि निर्माण गर्ने गरी सर्भेको चरणमा रहेको छ । यी पुलहरु प्रदेश सरकारका अन्तर्गत पूर्वाधार विकास कार्यालयले निर्माण गर्नेछ ।

मोदी खोलामा ३ वटा पुलहरु र कालीगण्डकी नदीमा दुई मोटरेवल पुल निर्माण हुने क्रममा रहेका छन । मोदी खोलामा मोदीवेणीघाट मोटरेवल पुल कुश्मा र मुडिकुवा जोड्ने गरी निर्माण भईरहेकोछ । यो पुल कालीगण्डकी लोकमार्गमा पर्दछ । यसैगरी मोदीखोलामा चुवाको गाडतारामा र नयाँपुल देखि भुक जोड्ने पुल निर्माण हुने चरणमा छ । नयाँपुल देखि भुक जाने मोदीखोलाको पुल सडक डिभिजन कार्यालयले बनाउन लागेको हो । भने चुवाको गाडतारामा रहेको पुल प्रदेश सरकारले निर्माण गर्न लागेको हो । यसैगरी यसै बर्षबाट शुरु भएका पुलहरुमा झिल्लीबराङ घारेपानी मोटरेवल पुल, लमायखोला अचले भंगरा जोड्ने मोटरेवल पुल, जैमिनीघाट मोटरेवल पुल हुन । नारायणस्थान कुश्मा जोड्ने पुलको पनि सर्वे भईरहेको छ ।

अन्य पूर्वाधार

जिल्लाको विकास दुूत गतिमा भएको अर्को दृटान्त एक घर एक धारा अभियान पनि हो । जिल्लाका अधिकांश वडाहरुमा उक्त अभियान जारी छ । डाँडाहरुमा खानेपानी लिफ्ट गरी ब्यवस्थापन हुँदैछ भने, अन्य ठूला खानेपानीका आयोजनाहरु पनि सञ्चालनमा छन । अर्को तर्फ ठूला सिंचाईका आयोजनाहरु समेत पर्वत जिल्लामा सञ्चालन भईरहेका छन ।

जिल्लामा ५० शैयाको सुविधासम्पन्न जिल्ला अस्पतालको भवन निर्माण भईरहेको छ । महाशिला गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको प्रक्रिया अघि बढेको छ । यी सवै खालका विकास निर्माणका कामहरुले गर्दा पर्वत जिल्ला केहि बर्षमा देशकै उत्कृष्ट विकास निर्माणका कामहरु भएको जिल्ला बन्ने कुरामा अव द्धिमत रहेन ।

 

‘म सभापति हुँदा खनिएका सडकहरु अहिले कालोपत्रे हुँदैछन’–अध्यक्ष तिमिल्सीना

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले आफू जिल्ला विकास समितिको सभापति हुँदा जिल्लाका ग्रामीण सडकहरु खनेको स्मरण गर्दै आइरहेका छन । उनले जिल्लाका मुख्य ग्रामीण सडक आफू सभापति हुँदाको कार्यकालमा खनेको स्मरण गर्दै ति सडकहरु कम्युनिष्ट कै सरकार हुँदा कालोपत्रेको चरण पुग्दा आफूलाई खुशी लागेको समेत बताउँदै आइरहेका छन ।

विगत लामो समय देखि सडकहरुको स्तरोउन्नती हुन सकिरहेको थिएन । उनले पटक पटक जिल्लाको विकास गर्ने जिम्मेवारी पाएका जनप्रतिनिधिहरुले ध्यान नदिँदा जिल्लाको विकास पछि परेको बताउँदै आएका छन । लामो समयसम्म पनि सडक कालोपत्रे नहुँदा यात्रा कष्टकर बनिरहको थियो । अध्यक्ष तिमिल्सीना गण्डकी प्रदेशको तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दछन ।

२०५४ सालको स्थानीय निर्वाचनमा उनी पर्वत जिल्लाको सभापति थिए । सोहि बेलामा धेरै मुख्य सडकहरुको ट्रयाक खनिएको थियो । ति सडकहरु आफू फेरी जनप्रतिनिधिको रुपमा रहँदा कालोपत्रे हुँदा त्यसको श्रेय आफूले पनि लिन चाहेको उनको भनाई छ ।

‘उत्तर–दक्षिण साइकलमा सरर’–सांसद गिरी

प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले पर्वत जिल्लाका सवै मुख्य सडक कालोपत्रे गर्ने अभियान भईरहेको बताउँदै आइरहेका छन । उनले निर्वाचन पूर्व देखि नै पर्वतको उत्तर देखि दक्षिणसम्म साइकलमा चढेर घुम्न मिल्ने सडकहरुको निर्माण गर्ने बताउँदै आएका छन । कालोपत्रे सडक हुँदा साइकलमा पनि यात्रा गर्ने उनको भनाई छ ।

तत्कालीन बाम गठबन्धनको तर्फबाट संघिय सांसदको पदमा उठेका गिरीले निरन्तर पर्वत जिल्लाको विकासका लागि प्रदेश सभाका सभामुख तथा मन्त्रीहरु र संघिय सभामा राष्ट्रिय सभाका अध्यक्ष लगाएतले जिल्लालाई विकासको गतिमा हिडाउन निरन्तर भूमिका खेल्दै आइरहेको बताउँदै आइरहेका छन । उनले सडक कालोपत्रे मात्र नभई जिल्लाका सवै घरधुरीमा एक घर एक धारा पुराउने, सिंचाई र कृषि क्षेत्रको विकास गर्ने कार्यमा वर्तमान सरकारले निकै दु्रत गतिमा काम गरीरहेको समेत बताउँदै आइरहेका छन ।

देशकै युवा सांसदहरुको सुचिमा पर्ने गिरीले जनताले खोजेका सवै खालाका पूर्वाधारहरुको निर्माण गर्ने कार्यमा वर्तमान सरकारले कुनै पनि कसरत बाँकी नराख्ने समेत बताउँदै आएका छन । सांसद गिरीले सडक, खानेपानी, सिंचाई र स्वास्थ्य सेवा विस्तारका लागि निरन्तर पहल गर्दै आइरहेका छन ।

निर्माणधिन मोटरेवल पुलहरु

– झिल्लीबराङ–घोरेपानी मोटरेवल पुल
– जैमिनीघाट मोटरेवल पुल
– मोदीवेणीघाट मोटरेवल पुल (कुश्मा–मुडिकुवा जोड्ने)
– कालीगण्डकी मोटरेवल पुल (देविस्थान–बागलुङ जोड्ने)
– लमायखोला मोटरेवल पुल (ठानामौला–भंगरा जोड्ने)
– मोदीखोला मोटरेवल पुल कास्की नयाँपुल–भुक
– आम्बोटे खोला मोटरेवल पुल (दुर्लुङ–बाजुङ जोडने)
– भुरुङदीखोला मोटरेवल पुल, भुक (क्रमागत)

आजको अर्थ वीट साप्ताहिकमा खबर छ