६ पुस, पर्वत । र्गैर सरकारी संस्था महासंघ नेपाल पर्वत शाखाको २१ औ साधारण सभा सम्पन्न भएको छ ।
साभारण सभाको उद्घाटन शत्रमा बोल्दै केन्द्रिय महासचिव रामप्रसाद सुवेदीले सामाजिक ऐन ल्याउन लागेको सरकारले सामािजिक संस्थाहरुलाई अंकुश लगाउन खोजेको आरोप लगाए । उनले सामाजिक विकास ऐनलाई संविधानसंग नबाझिने गरी ल्याउन सरकारलाई आग्रह गर्दै संघ संस्था खोल्न पाउनु प्रत्येक नागरिकको अधिकार भएको भन्दै त्यसको रक्षा गर्न सरकार तयार हुनुपर्ने धारणा राखे । उनले सामाजिक संस्थाहरुको विषयमा वर्तमान सरकार उदार बन्न नसकेको भन्दै त्यसले लोकतन्त्र धरापमा पर्ने समेत बताए ।
कार्यक्रममा संविधास सभाका सदस्य कल्पना चापागाई, महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेल,
गैसस महासंघका गण्डकी प्रदेश इन्चार्ज राजीराम रोका, म्याग्दी शाखाका अध्यक्ष दिपक पौडेल लगाएतले साधारण सभाको सफलताको कामना सहित मन्तब्य ब्यक्त गरेका थिए ।
साधारण सभामा शाखाका सह सचिव रमेशप्रसाद रिजालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष नेत्रकला सृवेदीले आर्थिक प्रतिवेदन र उपाध्यक्ष गणेश शर्माले भावी कार्यक्रम प्रस्तुत गरेका थिए । सवै प्रतिवेदनहरु साधारण सभाले पारित गरेका छ ।
शाखाका अध्यक्ष शिवप्रसाद शर्मा रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह सचिव रमेशप्रसाद रिजालले गरेका थिए ।
साधारण सभाले रिक्त सचिव पदमा रमेश प्रसाद रिजाल र सह सचिवमा जगनन्नाथ शर्मालाई जिम्मेवारी समेत दिएको छ । साभारण सभासंगै गैर सरकारी संस्थाका कर्मचारी र पदाधिकारीहरुका वीचमा मैत्रीपूर्ण बनभोज समेत उक्त अवसरमा आयोजना गरिएको थियो । शाखामा जिल्ला भरका १ सय ३० भन्दा बढि गैर सरकारी र्सस्थाहरु आवद्ध रहेका छन ।




