२० मंसीर, पर्वत । संगीत सर्जक तथा गायक कस्तुप पन्त सम्मानीत भएका छन । गृह जिल्ला पर्वतमा कलाकार पन्तलाई सम्मान गरिएको हो । पर्वतको फलेवासमा आयोजीत प्रथम फलेवास महोत्सवको अवसरमा पन्तलाई गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री किरण गुरुङले सम्मान गरे ।
आयोजक यूनाइटेड स्पोट क्लबले कलाकार पन्तलाई सम्मान गरेको हो । विगत दुई दशक देखि सांगेतिक क्षेत्रमा क्रियाशिल पन्त प्रारम्भमा लोक गायनको क्षेत्रबाट संगीत यात्रा शुरुवात गरेका थिए । पछिल्लो समय लोक गायनसंगै आधुनिक गीत सृजनामा ब्यस्त कलाकार पन्त राजधानीमा संघर्षशिल छन । लोक गायन तथा आधुनिक गीतको क्षेत्रबाट पर्वत जिल्लाको गरिमा बृद्धिमा योगदान पुराएको भन्दै कलाकार पन्तलाई सम्मान गरिएको हो ।
सम्मान ग्रहण पछि कलाकार पन्तले सांगेतिक क्षेत्रमा थप नौला प्रस्तुतीहरु पस्कने उत्प्रेरणा मिलेको बताए । उनले संगीत मै जीवन विताउने संकल्प गर्दै सम्मान प्रति सवैलाई आभार समेत ब्यक्त गरे ।




