Print

जिल्ला अस्पताल सुधार्न सांसद गिरीको सक्रियता: ल्याव सेवालाई अत्याधुनिक बनाउन बजेट विनियोजन

४ मंसीर, पर्वत । जिल्लाको एक मात्र सरकारी अस्पताल पर्वत जिल्ला अस्पतालको सेवा प्रभावकारी बनाउने अभियानमा प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरी जुटेका छन । संघिय सरकारले अस्पतालको स्तरोउन्नती गरी १५ शैयाबाट ५० शैयामा लैजाने गरी भवन निर्माणको काम गरीरहेको छ ।

हाल सञ्चालीत १५ शैयाको अस्पतालको ल्याव सेवालाई प्रभावकारी बनाउन तथा रक्त संकलन केन्द्र निर्माणका लागि संघिय सांसद गिरीले बजेटको विनियोजन गरेका छन । ल्याव सेवा तथा रक्त संकलन केन्द्र सञ्चालनका लागि बजेटको अभाव भएसंगै सांसद गिरीले पूर्वाधार क्षेत्र साझेदारी कार्यक्रम मार्फत १५ लाख रकम विनियोजन गरेका हुन ।

विरामी जाँचका लागि महत्वपूर्ण मानिने ल्याव सेवामा कतिपय औजारहरु नहुँदा उपचार सेवा जिल्ला अस्पतालमा प्रभावित हुँदै आएको छ । उपचार सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि अस्पतालको आवश्यकताका आधारमा ल्याव सेवा र रक्त केन्द्रका लागि बजेटको प्रवन्ध गरीएको सांसद गिरीले जानकारी दिए । हाल एमडि डाक्टरको दरबन्दी सहितको उपचार सेवा भए पनि एमडि डाक्टरको भने अस्पतालमा अभाव छ ।

एमविविएस डाक्टरहरुले सेवा प्रदान गर्दै आइरहेको अस्पतालमा एक्सरे, भिडियो एक्सरे, ओपिडि र ल्याव सेवाहरु उपलब्ध छन । अस्पतालको सेवालाई प्रभावकारी बनाउन निरन्तर रुपमा बजेटको विनियोजन देखि ब्यवस्थापकीय पक्षमा सांसद गिरीले सहयोग गर्दै आइरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडी बताउँछन । हाल अस्पतालले १५ शैयाको अस्पतालको क्षमता भन्दा बढि प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

अर्थ वीट साप्ताहिकमा खबर छ