४ मंसीर, पर्वत । पूर्वाधार क्षेत्र साझेदारी कार्यक्रम अन्तर्गत पर्वत जिल्लाका लागि ६ करोड रकम विभिन्न योजनामा विनियोजन भएको छ । प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य संयोजक रहने गरी विनियोजन हुने साझेदारी कार्यक्रम अन्तर्गत ६ करोड रकमका योजना विनियोजन भएका हुन । सांसद गिरी निर्देशक समितिको संयोजक रहने गरी संघिय सरकारबाट प्राप्त रकमको बाँडफाँड भएको हो ।
आयोजना अन्तर्गत पर्वत जिल्लाका १० वटा ग्रामीण सडकको स्तरोउन्नतीमा रकम विनियोजन भएको छ । गत बर्ष देखिका क्रमागत योजनाहरु पातिचौर देखि बाजुङ हुँदै क्याङ सडकका लागि सांसद गिरीले यस बर्ष पनि ५० लाख रकम विनियोजन गरेका छन । यसैगरी क्रमगत योजना वारीवेनी माझफाँट लेकफाँट नागी सडकका लागि पनि ५० लाख रकम विनियोजन भएको छ । यसैगरी मिलन चोक लेकफाँट शालीजा सडकका लागि २० लाख रकम सांसद गिरीले विनियोजन गरेका छन । दक्षिणी क्षेत्रमा रहेको होश्राङदी देखि भोक्सिङ हुँदै बाच्छा जोड्ने सडकका लागि पनि सांसद गिरीले ५० लाख रकम विनियोजन गरेका छन । यसैगरी विहादी गाउँपालिकामा पर्ने उराम गेप्ताङ चिउरीखाल्टा सडकका लागि ५० लाख र हातेमालो चोक धरमपानी पैयूकोट सडकका लागि २० लाख रकम विनियोजन भएको छ । यसैगरी पाङ धैरेनी मावि–पार्वती गुफा–हिमालय मावि सडक स्तरोउन्नती, गगटे गोतमे थर रापु सडक स्तराउन्नती, लाम्पाटा सिदाली चनौटी कार्किनेटा सडकका लागि १०/१० लाख रकम विनियोजन भएको छ । सडक योजनाका लागि कुल ३ करोड २० लाख रकम विनियोजन भएको छ ।
चालु आर्थिक बर्षका लागि कार्यान्वयन हुने कार्यक्रम अन्तर्गत विनियोजीत रकममा शिक्षा क्षेत्रको पूर्वाधार अन्र्तगत सांसद गिरीले ६ वटा विद्यालयका लागि रकम छुटाएका छन । कुल ८० लाख ५० हजार रकम मध्ये पर्वत बहुमुखी क्याम्पस पूर्वाधार निर्माणका लागि २० लाख, राम मावि पर्खाल निर्माण १० लाख, देविस्थान प्रावि तारबार निर्माण १० लाख, काफल चौर मावि सभाल निर्माण १६ लाख २५ हजार, महेन्द्र ज्याति मावि पूर्वाधार निर्माण १४ लाख, पूणेश्वर मावि पूर्वाधार निर्माण १५ लाख रकम विनियोजन भएको छ ।
कुल १ करोड १२ लाख रकम भने सामुदायिक सभा गृहहरु निर्माणका लागि सांसद गिरीले रकम विनियोजन गरेका छन । हिम शिखर क्लब सभागृह निर्माणका लागि १० लाख, शहिद स्मृति सभाहल निर्माण पैयू ५० लाख, तालिम हल निर्माण (त्रिवेणी बहुउद्देश्यीय सहकारी) १२ लाख, चिसापानी दुग्ध सहकारी पूर्वाधान निर्माण, शिवालय सामुदायिक बहुउदेश्यीय भवन निर्र्माण, गायत्री राधामाधव आश्रम, एकला क्लब पूर्वाधार निर्माणका लागि १०/१० लाख रकम विनियोजन भएको छ ।
खेलकुद पूर्वाधारका लागि मोदीकाली कभर्ड हल २० लाख र कर्भड हल डिमुवाका लागि १० लाख रकम विनियोजन गरिएको छ । पर्यटन, संस्कृतिका लागि ३५ लाख रकम विनियोजन भएको छ जस अन्तर्गत बाटुलेचौर कालिका भगवती मन्दिर मर्मत १० लाख, गुप्तेश्वर शिव पार्वती तथा पूर्वाधार निर्माण १० लाख, बर्राचौर पातल पीस पार्क १५ लाख रकम विनियोजन भएको छ । जिल्ला स्थित एक मात्र जिल्ला अस्पतालको ल्याव सेवालाई प्रभावकारी बनाउन १५ लाख रकम सांसद गिरीले विनियोजन गरेका छन ।
गत बर्ष शुरुवात गरेका कतिपय सडकहरुमा केन्द्रिय र प्रान्तीय सरकारबाट बजेट थप भए पछि यस बर्ष ति योजनाहरुमा रकम विनियोजन नगरेको सांसद गिरीले बताए । टुक्रे र समुदायमा नदेखिने योजनाहरुमा भन्दा सामुदायिक हितका योजनाहरुमा आफूले ध्यान दिएको गिरीको भनाई छ । रकम विनियोजन गर्नका लागि गिरीको संयोजकत्वमा प्रतिनिधि सभाका सदस्य र राष्ट्रिय सभा सदस्यलाई सदस्य रहने ब्यवस्था गरिएको छ । सांसद गिरीले शुरुवात गरेका सवै योजनाहरु सम्पन्न गर्ने र नयाँ योजनाहरुको समेत शुरुवात गर्ने गरी रकम बाँडफाँड गरिएको दावी गरे ।
अर्थ वीट साप्ताहिकले खबर छापेको छ ।





