१० जेठ, पर्वत । पर्वत जिल्लाको कूश्मा नगरपालिका वडा नं। १ पाङ सहस्रधारा स्थित हाईवेमा ट्याक्सी र स्कूलवस एक आपसमा ठक्कर खादा ५ जना गम्भिर घाईते भएका छन् । कुश्मातिरवाट स्कूलका वालवालिका छाडेर वाग्लूड जादै गरेको ग १ क ९२५ नम्वरको न्यू एभरेष्ट वोर्डिड स्कूल वाग्लुडको वसले वेनी वाट पोखरा जादै गरेको ध १ ज ९३२ नम्वरको ट्याक्सी ठक्कर खादा ट्याक्सीमा रहेका ५ जना घाईते भएका छन् ।
घाईते हूनेहरुमा म्याग्दी जिल्ला धौलागिरी गाउपालिका वडा नं। ७ का चालक कृष्ण वहादूर खत्री,वेनी नगरपालिकाका जेनीसा खत्री,जलजला गाउंपालिकाका राजू पून,नारयण भण्डारी र स्याड्जाका दिनेश अर्याल रहेका छन् ।
उनिहरुको धौलागिरी हस्पिटल वाग्लुडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रान रायमाझीले जानकारी दिए ।




