१० जेठ, पर्वत । हिन्दू धर्मको सवैभन्दा ठूलो यज्ञ पर्वतको कुश्मामा सञ्चालन भईरहेको छ । महायज्ञको सर्वच्च यज्ञको रुपमा लिइने कोटिहोम माता पार्वतीको जन्मथलो पर्वतको कुश्मामा सञ्चालन भईरहेको हो । गत जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज दशौ दिन भक्तजनहरुको उत्साहजनक सहभागीता रहेको आयोजकले बताएको छ ।
शिव पार्वतीको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्ने तथा तुलादान,यज्ञसफल पार्नका लागी भक्तजनहरुले गरेको सहयोग रकम आज दशौ दिन सम्म ४ करोड संकलन भएको प्रचार प्रसार समितिका संयोजक मोहन आचार्यले जानकारी दिए ।
३ करोड ५० लाख नगद र ५० लाख वरावरको जग्गा प्राप्त भएको मूल आयोजक समितिका कोषाध्यक्ष कमलनाथ पोख्रेलले बताए । भोली जेठ ११ गते यज्ञको समापन हुँदैछ । दशौं दिन आज असख्य दिप प्रज्वलन गरिएको छ ।




