१७ वैशाख, पर्वत । १७ वैशाख, पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुश्मावजारबाट सामुदायिक रेडियो सम्बृद्ध नेपाल ९२ मेगाहर्जले सोमवार देखि परिक्षण प्रशारण सुरु गरेको छ । नेष्डो नेपाल तथा अमरटिका प्रतिष्ठान नेपालले सञ्चालन गरेको रेडियोको स्टेसन आइडी बजाएर परिक्षण प्रसारणको थालनी गरेको हो । रेडियोको उद्घाटन भने सञ्चार तथा सुचना प्रबिधी मन्त्रालयवाट नियमित प्रशारणको अनुमती पाएपछि हुनेछ ।
सञ्चार, मानव अधिकार र विकास भन्ने मुल नारा वोकेको ५ सय वाट प्रशारण क्षमता भएको रेडियो अत्याधुनिक रेडियो उपकररण सहित झण्डै ४२ लाख ५० हजारको लागतमा स्थापना गरिएको रेडियोले जानकारी दिएको छ । स्थानीय समुदायमा भए गरेका विकाससंग सम्वन्धित गतिविधीलाई समेटन रेडियो स्थापना गरेको अध्यक्ष बिश्वप्रकास प्रसाईले बताए । चेतनलाई चेतना, असंगठितलाई संगठन र विपन्नलाई आयआर्जनको लागि प्रोत्साहन गर्दै समृद्ध पर्वत निर्माणमा योगदान गर्नु रेडियोको मुल उद्देश्य भएको उनको भनाई छ ।
नेष्डो नेपालका अध्यक्ष रत्नप्रसाद अधिकारी, पत्रकार महासंघ पर्वतका अध्यक्ष छबिलाल तिवारी, पर्वत जेसिजका अध्यक्ष मोहन आचार्य लगायतले रेडियोको सफलताका लागि शुभकामना ब्यक्त गरेका थिए ।
रेडियो सम्बृद्ध जिल्लाको सातौ रेडियो स्टेशन भएको छ । यस अघि रेडियो पर्वत, रेडियो दिदिवहिनी, रेडियो शालिग्राम, रेडियो कुशुम, रेडियो पञ्चासे, रेडियो सत्यवाणी गरी ६ वटा रेडियो स्टेशन सञ्चालनमा छन । पर्वत जिल्लाबाटै १ वटा दैनिक पत्रिका, ७ वटा साप्ताहिक पत्रिका र ३ वटा त्रैमासिक पत्रिका प्रकाशनमा छन । पछिल्लो समय अनलाईन सञ्चार माध्यमहरुमा समेत बृद्धि भईरहेको छ । जिल्लाबाट आधा दर्जन अनलाईन पत्रिका औपचारिक रुपमै सञ्चालनमा छन ।




