१५ वैशाख, पर्वत । रेडियो शालिग्राम पर्वतको सञ्चालक समितिको अध्यक्षमा यूवराज जोशी पुनः चयन भएका छन । तेस्रो अधिबेशन तथा साधारणसभाले उपाध्यक्षमा शिव शर्मा अधिकारी, सचिवमा राजेन्द्रबहादुर क्षेत्री, कोषाध्यक्षमा भूमीराज शर्मा,सहसचिवमा गोबिन्द अधिकारीलाई चयन गरेको छ ।
रेडियो सञ्चालक समितिको अन्य सदस्यहरुमा देविप्रसाद विलासी, छविलाल तिवारी, सुरेन्द्र केसी, यज्ञवहादुर थापा, कृष्णप्रसाद शर्मा र द्रोणराज पौडेल चयन भएका छन ।
यसअघि उद्घाटन सत्रमा आर्थिक प्रतिबेदन र प्रगति प्रतिबेदन छलफल र राय सुझाव सहित पारित भएको छ । कार्यक्रम उद्घाटन गर्दै प्रेश यूनियनका केन्द्रिय उपाध्यक्ष दीपक आचार्यले सञ्चार जगत समाजको ऐना भएको बताए । आचार्यले समाज रुपान्तरण, आर्थिक विकास र जुनसुकै विकृतिका बिरुद्धमा पनि प्रेश जगत अगाडी बढ्ने बताए । तर, वर्तमान सरकारले प्रेश स्वातन्त्रता कुण्ठित गराउने गरि ऐन तर्जुमा गरेको भन्दै त्यसका बिरुद्ध सबै प्रेश जगत खरो उत्रिने चेतावनी दिए । आचार्यले समूदायमा सहि, विश्वासिलो र निष्पक्ष सुचना प्रवाह गर्न रेडियो जति भरपर्दो माध्यम अरु नभएको चर्चा गरे ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पनि प्रेशको रक्षाका विषयमा जोड दिएका थिए । कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्ण, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अध्यक्ष यूवराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष शिव शर्मा अधिकारी र सञ्चालन रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले गरेका थिए । उक्त अवसरमा रेडियोका संस्थापक अध्यक्ष हरि न्यौपाने, रेडियोमा कार्यरत कर्मचारी मध्येबाट रामकृष्ण लामिछाने, साजन परियार, संगिता केसी, मीना पराजुली, सन्तोष केसी, सन्तोषी क्षेत्री, ज्योतिष पण्डित कमल पौडेललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।




