२९ फागुन, पर्वत । नेपाल कम्युनिष्ट पार्टीको जलजला गाउँ कमिटिले जलजला ३ मा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । वडा न ३ का नेकपा नेता नरेन्द्र बहाुर थापा तथा आफ्ना पार्टी सदस्य हेमन्त बम थापाकी आमा भद्र कुमारी थापाको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
उक्त श्रद्धाञ्जली सभामा नेकपा नेता तथा प्रतिनिधि सभाका सदस्य पदम गिरीले मृत आत्मा प्रति श्रद्धाञ्जली ब्यक्त गरे । सांसद गिरीले मृतक थापाको तस्विरमा माल्यापण गर्दै आमाको मृत्युको शोकलाई शक्तिमा परिणत गरी समाज परिर्वतनको यात्रामा निरन्तर लाग्न परिवारका सदस्यहरुलाई आग्रह गरे ।
कार्यक्रममा जलजला गाउ संयन्त्र सदस्य लालबहादुर अधिकारीले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गरेका थिए । गाउँपालिका सदस्य बाबुराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन संयनत्र सदस्य लोकनाथ रेग्मीले गरेका थिए ।




