२१ माघ, पर्वत । युनिएन लाइफ इन्स्योेरेन्स कम्पनीले अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छ । अध्यक्ष कुश्मा शाखाका शाखा प्रमुख रूद्र प्रसाद प्रमुख अथिति गण्डकी प्रदेश धवलागिरी क्षेत्रका सहायक प्रवन्धक वलराम गौतम हुनु हुन्थ्यो । यूनियन लाईफ इन्स्योरेन्स असोज महीनावाट आफ्ना विमा योजना लिएर आएको इन्स्योरेन्स कम्पनि हो । अहीले सम्म ७ ओटा विमा योजना र १८ ओटा कम्पनिमा सवैलाई पछी पार्दै निकै छोटो समयमा नं तेस्रो स्थानमा आईसकेको कम्पनीले जनाएको छ ।
तालिममा प्रमुख अथितिले यूनियन ले ग्राहकलाई राम्रा योजना र छिटो र भरपर्दो सेवा दिएका कारण नै यो विमा कम्पनि कम्पनीले जनाएको छ । अध्यक्ष तथा कार्यलय प्रमुख रूद्र प्रसाद शर्माले अभिकर्ता र एजेन्सी म्यानेजरहरू कम्पनिको मेरूदण्ड रहेको सवै योजना विमितको मन जित्ने योजना र सेवा दिने जानकारी दिए । कुश्मा शाखावाट विमितलाई छिटो छरीतो विमितको काम गर्ने उनले बताए । कार्यक्रममा ५० जना एजेन्सी म्यानेजर र अभिकर्ताको उपस्थिति रहेको थियो भने स्वागत एजेन्सी म्यानेजर माधब पौडेलको रहेको कार्यक्रममा संचालन शाकाका स्टाफ कामना रेग्मी गर्नु गरेकी थिइन ।
यसै वीच यूनियन लाइफ इन्स्योरेन्स कुश्मा शाखाको कार्यालय स्थापना गरिएको छ । कुश्माको मैत्री चोकमा कार्यालय स्थापना गरिएको एजेन्सी म्यानेजर माधव पौडेलले जानकारी दिए । कम्पनीले कार्यालय मार्फत इन्स्यारेस्सका गतिविधिहरु अगाडि बढाउने गरी कार्य योजना निर्माण गरेको पौडेलको भनाई छ ।




