Print

‘निर्वाचनका प्रतिबद्धता पुरा गरेरै छाड्छौ’- सांसद गिरी

१९ माघ, पर्वत । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनधि सभाका सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा पुगेर निर्वाचनको समयमा आफूहरुले गरेका वाचाहरु पुरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन । सांसद गिरीले जलजला गाउँपालिकाका दुई वटा छुट्टा छुट्टै श्रद्धाञ्जली सभा कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनका वाचाहरु जसरी पनि पुरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका हुन ।

अगुवा कार्यकर्ताहरुले भावी कार्यक्रम र आगामी बजेटको विषयमा राखेको जिज्ञासालाई सम्बोधन गर्दै संघिय सरकारको आगामी बजेट जनमुखी हुने भन्दै सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र कृषिमा विशेष जोड् दिने गरी बजेटको ब्यवस्थापन हुने जानकारी दिए । उनले संघिय सरकारले वेरोजगार युवाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई रोजगारमुखी बनाउने योजनाहरु संघीय सरकारले प्रदेश र स्थानीय तह मार्फत सञ्चालन गर्ने तयारी गरीरहेको समेत बताए ।

सांसद गिरीले जलजलाको माझफाँट, लेखफाँट, र शालिजा जाने मुख्य सडक कालोपत्रेको लागि संघ र प्रदेशमा बजेट ब्यवस्थापनको लागि पहल भईरहेको बताउँदै आफ्नो कार्यकालमा सडक पक्कि बन्ने वाचा पनि गरे । माझफाँटका स्वर्गीय गोरखबहादुर लामिछाने र स्वर्गी मनकुमारी सुवेदीको बेग्ला बेग्लै श्रद्धाञ्जलीमा सांसद गिरीले मृतक आत्मा प्रति श्रद्धाञ्जली र परिवाजनमा समवेदना समेत ब्यक्त गरेका थिए ।

स्वर्गीय लामिछानेको श्रद्धाञ्जली सभामा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मा, नेकपा नेता गोविन्द पहाडी, बाबुराम कार्की, उदय सुवेदी लगाएतले श्रद्धाञ्जली ब्यक्त गरेका थिए । जलजलाका नेकपाका प्रमुख लालबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन नरबहादुर थापाले गरेका थिए ।