२१ पौष, पर्वत । पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले शठकोप राधा माधव सत्सङ्ग आश्रम कुश्मा पर्वतका लागि ३० थान कुर्चि सहयोग गरेका छन । अधिकारीले आफ्नो आफ्नी श्रीमती जमुना अधिकारीको जन्मदिनको अवसर पारेर आश्रमलाई कुर्चि सहयोग गरेका हुन ।
गायत्री आमा समूहद्वारा कुश्मावजार स्थित चिलाउनेचौतारामा निर्माणधिन आश्रम प्राङ्गणमा शुक्रवार आयोजित एक समारोहमा कुर्चि हस्तान्तरण गरिएको हो ।
इनरह्वील इन्टरनेशनल, डिष्ट्रिकका डिष्ट्रिक अध्यक्ष सुनी जोशीको उपस्थितीमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । कुर्चि हस्तान्तरण कार्यक्रममा जोशीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सनातन धर्मको महत्वपुर्ण भुमिका रहने वताउदै अरुलाई दुख नदिनु र अरुको दुखमा साथ दिनु नै वास्तविक मानव धर्म भएको बताईन । कार्यक्रममा बोल्दै जोशीले आश्रम निर्माणको लागि पाँच हजार रुपैयाँ नगद सहयोग प्रदान गरेकी छिन ।
कार्यक्रममा रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई, रोटरी डिष्ट्रिकका आईटी प्रमुख शैलेन्द्र राजभण्डारी, रोटरी क्लव अफ पर्वतका अध्यक्ष सावित्री खत्री क्षेत्री, पुर्व अध्यक्ष गोपी अधिकारी, गायत्री आमा समूहका अध्यक्ष सिता के.सी. र आश्रम निर्माण समितिका सचिव रिता के.सी. लगायतले मावन जन्मका विविध पक्षहरुको चर्चा गर्दै सेवा नै धर्म भएको बताएका थिए ।
कार्यक्रम क्लवका अध्यक्ष जमुना अधिकारीको अध्यक्षता, उपाध्यक्ष जलन के.सी. को सञ्चालनमा सम्पन्न भएको थियो ।




