२० पौष, पर्वत । बहुचर्चित उत्तर—दक्षिण जोड्ने कालिगण्डकी करिडोर स्याङ्जाको मिर्मी,पर्वतको मालढुङ्गा सडक अन्तर्गत मिर्मी आधिखोलामा माटरेवल पुल बन्ने भएको छ ।
९ करोड ६५ लाख ७८ हजारको लागतमा रायमाझी राजेश्वरी पि.टि.आर. र अधिकारी जे.भि. अर्घाखाँची ले उत्त पुलको निर्माण कार्य अगाडि बढाएको हो । उक्त पुल २ बर्ष भित्रमानै सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।
पुल ५० मिटर लम्बाई हुने र १५ मिटर चौडा बनाउने गरि काम अगाडि बढाइएको निर्माण व्यवसायी भागवत गिरीले बताउनुभयो ।
उक्त सडक खण्डमा पर्ने अन्य तिन स्थानहरु सेतीवेणी, मोदीवेणी र लमाएखोलामा मोटरेवल पुल निर्माणाधिन अवस्थामा छन् । यी चार वटा पुल निर्माण पछि स्याङ्गजाको मिर्मी देखि पर्वतको मालढुंगा सम्मका ५५ किलोमिटरमा बाह्रै महिना अबको २ बर्ष भित्र करिडोरमा गाडीहरु दोहोरो रुपमा सहज तवरले गुड्ने छन् ।
अहिँले कालिगण्डकी करिडोर पर्वत खण्ड अन्तर्गत मिर्मी—सेतीवेणी, सेतिवेणी—फलेवास, फलेवास—कुश्मा, कुश्मा अर्मादी—मालढुङ्गा गरि चार खण्डमा काम भईरहेको छ ।
उक्त मोटरेवल पुलको शिलान्यास गण्डकी प्रदेशका उधोग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । शिलान्यासको क्रममा मन्त्री लम्सालले पुलको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसयीलाई निर्देशन दिनुभयो ।
निर्माणको जिम्मा लिने ठेकेदारहरुले दस ठाउँमा हात हाल्छन् अनि काम होल्ड गर्ने समय त्यसै खेर फाल्ने परिपाटी नेपालमा सामान्य बन्दै जान थाल्यो,मन्त्री लम्सालले भन्नुभयोू तोकिएको मितिमै काम सम्पन्न गराउने दबाब दिन शिलान्यास कार्यक्रम आवश्यक परेको हो,नत्र उद्घाटन गरे पुग्छ ।
शिलान्यासका अवसरमा गल्याङ नगरपालिका प्रमख भुपराज अधिकारी, बिहादि गाउँपालिकाका प्रमुख कमल प्रसाद भुसाल,कालिगण्डकी गाउँपालिकाका प्रमुख ख्याम ब.थापा लगाएतले कालिगण्डकी करिडोरले यहाँका बासिन्दाको जिवनस्तरमा आमुल परिवर्तन ल्याउने बताए ।




