११ पौष, पर्वत । मोदी गाउँपालिकामा गाउँ कार्यपालिकाको वैठक फरक फरकप स्थानमा गर्न थालिएको छ । गाउँपालिकाले कार्यपालिकाको वैठक सवै वडाहरुमा पुग्ने गरी घुम्ति वैठकको शुभारम्भ गरेको हो ।
गाउँपालिकाले कार्यपालिकाका वैठकमा सवै वडा पुग्दा त्यहाँका सवै खालका समस्याहरु कार्यपालिका सदस्यहरु थाहा पाउने भएकाले घुम्ति वैठकको शुभारम्भ गरिएको गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार पछिल्लो वैठक गाउँपालिकाकै वडा न ५ बाजुङमा सञ्चालन गरिएको छ ।
यस अघि वडा न ७ चित्रेमा बसेको वैठक क्रमशः गाउँपालिकाका सवै वडाहरुमा पुगेर बस्ने गरी योजना गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए । गाउँपालिका भित्रका पर्यटकीय, धार्मिक र सांस्कृतिक पक्षहरुको समे अध्ययन अवलोकन र निरिक्षण कार्यका लागि कार्यपालिका सदस्यहरुलाई थप सहज होस भन्ने उद्देश्यले पनि घुम्ति वैठकका गाउँपालिकाले आयोजना गरेका हो ।
गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन । आगामी वैठकहरुमा ति सवै वडाहरुमा क्रमशः पुगिने गरी गाउँपालिकाले तयारी गरीरहेको छ । विकासको प्रवाह सवै वडाहरुमा एकै नाशको भएको छ की छैन भन्ने थाहा पाउनका लागि पनि यस्तो वैठकहरु प्रभावकारी हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ बताउँछन । गुरुङले कार्यपालिकाका सदस्यहरुको आन्तरीक समस्या बुझनका लागि समेत वैठक सार्थक बन्ने विश्वास गरे ।




