११ पौष, पर्वत । पर्वतबाट रुपन्देही जिल्लामा बसोबास गर्दै आएका पर्वतबासीहरुको संगठन पर्वत रुपन्देही सेवा समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पदम गिरीले एकताबाट नै जिल्लाको विकास सम्भव भएको उल्लेख गरे ।
सांसद गिरीले देश भर छरिएर रहेका पर्वतबासीहरु एक जुट हुँदा जिल्लाले छोटो अवधिमा नै काचुलि फेर्न सक्ने भएकाले मिलेर विकासका कामहरुमा जुट्न उनले आग्रह गरे ।
कार्यक्रममा वुटवल महानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमा आचार्य, नेकपा पर्वतका कार्यदल सदस्य भक्त कुवर, नेकपा नेता हरिहर पोखेल, कृष्णप्रसाद पराजुली, हुमाकान्त काप्ले, खेमराज पाठक सापकोटा लगाएले अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
अधिवेशनको उदघाटन शत्रको अध्यक्षता लोक बस्याल र स्वागत तिलक न्यौपाने तथा सञ्चालन रामकृष्ण शर्माले गरेका थिए ।




