Print

शिवालय माविको ३७ औं बार्षिकोत्सव सम्पन्न

मंसिर ११,पर्वत । शिवालय माध्यमिक विद्यालयको ३७ औँ बाषिकोत्सब भब्यरुपमा सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम कुश्मा बजारमा संञ्चालित शिवालय माध्यमिक विद्यालयको ३७ औँ बार्षिकोत्सव तथा ३६ औँ अभिभावक दिवस एवम पुरस्कार वितरण कार्यक्रम एक समारोहका विच भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रमको एक समारोहका बिच प्रतिनिधी सभाका साँसद पदम गिरीले उद्घाटन गर्नुभएको छ । उद्घाटन सत्रमा बोल्दै गिरीले विकास र समृद्धिका लागि तीनै तहका सरकारले एउटै लयमा अघि बढ्नु पर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

उहाँले ठूलो राजनीतिक परिवर्तनपछि गठन भएका सरकार विकास र समृद्धिका फड्को। मादै गएको बताउनु भयो । उहाँले ७० प्रतिशत व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिने ढङ्गबाट वर्तमान शिक्षा नीतिलाई परिमार्जन गर्न सरकारले तयारी गरिरहेको बताउनु भयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले गुणस्तरिय शिक्षामा जोड दिनुभयो । उहाँले देशमा समय अनुकुल र आवश्यकता अनुरुपको शिक्षा नीति हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिका–५ की वडाध्यक्ष चित्रकला भारती, शिवालय बहुमुखी क्याम्पसका अध्यक्ष गोविन्द पहाडी, पूर्व प्राचार्य डाक्टर चुडामणि शर्मा, नारायण माद्यामिक विद्यालयका अध्यक्ष रमाकान्त शर्मा, ओम शान्ति विश्वविद्यालयकी संचालिक राधिका दिज्यू, शिक्षक आनन्द पौडेल, विद्यार्थी विपना सापकोटा, आशिष चपागाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चापागाईले विद्यालयको प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका लेखापाल ढाकाराम पुरीले आयव्यय सार्वजानिक गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर गिरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य विद्यालय व्यवस्थापन समितिकी सदस्य मानकुमारी गिरी र कार्यक्रमको संचालन शिक्षक लेखनाथ उपाध्याय, राजेन्द्र पहाडी र कमलनाथ शर्माले गर्नुभएको शिक्षक आनन्द पौडेलले जानकारी दिनुभयो ।