Print

शिवालय माविको नव निर्मित १८ कोठे विग विल्डिङको सांसद गिरीद्धारा उद्घाटन

मंसिर १०, पर्वत । शिवालय माध्यमिक विद्यालय कुश्माको नवनिर्मित १८ कोठे पक्कि भवनको एक कार्यक्रमका वीच प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले उद्घाटन गरेका छन ।

विद्यालयको ३७ औँ बाषिकोत्सबको अवसरमा सांसद गिरीले उक्त भवनको उद्घाटन गरेका हुन । १ करोड ३ लाख ६३ हजार ५ सयको लागतमा निर्माण सम्पन्न भवनको सांसद गिरीद्धारा उद्घाटन गरीएको हो ।

पुरानो भवन साँघुरो र कच्चि हुँदा अध्यापन कार्यमा समस्या पर्दै आइरहेको थियो । विद्यालयले विभिन्न श्रोत जुटाएर उक्त भवनको निर्माण गरेको हो ।

भवनको उद्घाटन गर्दै सांसद गिरीले गुणस्तरीय शिक्षाका लागि पहिलो आवश्यकता भौतिक पूर्वाधार रहेको बताए । उनले भौतिक पूर्वाधारको विकास विना अरु विकास गर्न मुस्किल पर्ने हुँदा जिल्लाका सवै शिक्षालयहरुमा सुविधा सम्पन्न भौतिक पूर्वाधार निर्माण गर्नु पर्नेमा जोड दिए ।