Print

सोह् श्राद्धको अवसरमा कुश्माको मोदीवेणीमा पितृ उद्धार यज्ञ, प्रदेश मन्त्री किरण गुरुङले गरे उदघाटन

९ असोज, पर्वत । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले धार्मिक तथा पर्यटकिय स्थल सबैको अमूल्य सम्पत्ति भएकोले संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । पर्बतको कुश्मा नगरपालिका वडा नम्बर ५ स्थित मोदीवेनी धाममा आयोजित श्रीमदगरुड महापूराण पितृ उद्धार तथा गिता प्रबचन कार्यक्रमको उद्धघाटन गर्दै गुरुङले यस्तो बताएका हुन ।

सबै ठाउँको पहिचान धार्मिक र पर्यटकिय स्थलबाटै हुने भन्दै मन्त्री गुरुङले यस्ता स्थलको जर्गना र संरक्षण गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले धार्मिक स्थलको उत्थानका लागि पर्याप्त बजेट विनियोजन गरेको उनले बताए । मोदीबेनि धाम जस्ता पबित्र धार्मिक स्थल गण्डकी प्रदेश भित्र रहेकोले यस्ता धामलाई पर्यटकिय गन्तब्य बनाउनुपर्नेमा जोड दिए । संस्कृतिको संरक्षण र विकृतिलाई तिरस्कार गर्नुपर्ने भन्दै गण्डकी प्रदेश संस्कृति र पर्यायवरणमा धनी भएकाले पर्यटककीय गन्तव्य अहिलेको आबश्यकता रहेको बताए । गण्डकी प्रदेश आर्थिक समृद्धिको बाटोमा अघि बढेकोले यसमा सबै नागरिकले सहयोग गर्नुपर्ने उनको भनाई थियो । उनले प्रदेश सरकारले ल्याएको आर्थिक समृद्धिका कार्यक्रममा सघाउन नागरिक उत्पादनशील हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा विश्वभरि धार्मिक प्रवचन दिएर अहिले चर्चाको शिखरमा रहनुभएका धार्मिक प्रवचक चैतन्य कृष्णले धर्मलाई सबैले मनन गर्न आबश्यक रहेको बताएका थिए । उनले युरोपियन मुलकहरुमा संस्कृत भाषा अध्यापन गराईने भएपनि नेपालमा संस्कृत भाषा हराउँदै जानु दुखत बिषय भएको बताएका थिए । संस्कृत भाषा हराउँदै जानुले नेपालमा बलात्कारका घटनामा समेत बृद्धि हुदै जान थालेको उनको भनाई थियो । नैतिक शिक्षाको अभावमा समाजमा विभिन्न खालका विकृति देखिन थालेपछि विद्यालयका वालवालिका समेतलाई सहभागी गराएर उनले प्रशिक्षण दिन लागेको सो अबसरमा बताएका थिए । पितृ पक्षको अवसरमा आयोजित गुरुड महापूराण आज देखि देखि २३ गतेसम्म चल्ने छ । पितृपक्षमा दैनिक महागरुडपुराण कथा प्रवचन साथै सम्पूर्ण सोह्रश्राद्धको पिण्डदान तपर्ण समेत आयोजना गरिएको छ । त्यसका अलवा तिल पर्वतको दर्शन, कृष्ण गण्डकी तथा १०८ गौमुखी धारामा स्नान गर्ने, १०८ शालिग्राम पुजन, १०८ तुलसी मठको दर्शन, ६४ ज्योतीलिङ्गको दर्शन, वेद र १८ पुराण धार्मिक पुस्तकहरुको दर्शन समेत मोदीबेनीमा गर्न सकिने नृसिँह मन्दिर संरक्षण विकास समिति तथा धार्मिक पर्यटकिय विकास समितिका अध्यक्ष गोपालदास पौडेलले जानकारी दिनुभयो ।