Print

पर्वतको बालाकोटलाई रक्सि तथा जुवा नियन्त्रीत क्षेत्र घोषणा

पर्वत ८ असोज । पर्वतको महाशिला गाउँपालिका वडा नं. ३ वालाकोटलाई जाँड रक्सि र जुवातासमा प्रतिबन्ध लगाइएको छ । महाशिला वडा न ३ को आयोजनामा वडाभित्र जुवा तास खेल्न तथा मदिराजन्य पदार्थहरु सेवन गर्नमा प्रतिबन्ध लगाउँदै नियन्त्रणको घोषणा गरिएको हो ।

सोमबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य पदम गिरीले वडालाई जाँडरक्सी नियन्त्रित वडा घोषणा गरेका हुन ।

सांसद गिरीले बालाकोटबासीहरुलाई सामुहिक रुपमा सपथ गराए । घोषणा कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य पदम गिरीले सामाजिक रुपान्तरण अभियानमा बालाकोटबासीले जिल्लामै पहिलो पटक शुरु गरेको अभियानले समाजमा शान्ति स्थापनामा उल्लेख्य सहयोग पुग्ने भन्दै प्रशंसा गरे । सपथ खाँदै स्थानीयवासीहरुले आगामी दिनमा जाँडरक्सी, गाँजा र जुवातासबाट टाढै रहने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलले युवाहरुलाई सहि दिशामा हिडाउनका लागि विकृति नियन्त्रण अभिया अन्तर्गत यस्तो अभियान सञ्चालन गरिएको बताए । उनले सवै वडामा अभियान सञ्चालन गरी महाशिलालाई देशकै नमुना बनाउने दावी गरे । समाजमा बढ्दै गएको बलात्कार र घरेलु हिंसालाई न्यूनिकरण गर्नका लागि यस्तो अभियान सफल हुने उनको भनाई छ ।

वडा अध्यक्ष रोशन गुरुङले सवैले साथ दिएमा अभियान सफल दावी गरे । उनले गाउँ विकासका लागि सवैको साथ हुनुपर्ने बताउँदै घर घर बाट यस्तो अभियानमा सहयोग गर्न सवैलाई अनुरोध गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेल, नेकपा नेता गोविन्द पहाडी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।