Print

नेपाल जेसिजको क्षेत्र ख सम्मेलन कुश्मा बजारमा

६ असोज, पर्वत । नेपाल जेसिजको क्षेत्र ख सम्मेलन पर्वतको कुस्मा बजारमा भब्य रुपमा शुरु भएको छ । नेपाल जेसिजको क्षेत्र ख सम्मेलनको पर्वत कुस्माबजारमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले उद्घाटन गरे ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले संघीय संसदबाट पारित भएका मौलिक हक सत्प्रतिशत कार्यान्वन गर्नु चुनौतीपुर्ण काम भएको बताउनुभएको छ । तिमिल्सीनाले मुलुक आर्थिक रुपमा सम्बृद्ध नहुँदा सम्म सबै हक सत्प्रतिशत कार्यान्वयन गर्नु चुनौतीपुर्ण काम भएको बताउनुभएको हो ।

‘अबको जिम्बेवारी मौलिक हक सत्प्रतिशत कार्यान्वयन गर्नु हो’ उहाँले भन्नुभयो ‘अहिलेकै अवस्थामा यो चुनौतीपुर्ण छ’ उहाँले सबै जनताले कानुनले सुनिश्चित गरेका हक अधिकार उपभोग गर्न सक्नै हैसियत बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।

संघिय संसदले १६ वटा मौलिक हक सर्वसम्मत रुपमा पारित गरेको छ ।उहाँले भोको पेटलाई कानुनको किताबका देखाएर नपुग्ने भएकाले आर्थिक सम्बृद्धिको यात्रामा नबढी सुखी छैन भन्नुभयो । ‘संबिधानमा असहमति राख्ने पक्षले समेत मौलिक हक पारित गर्दा सहमति गरेका छन’ अध्यक्ष तिमिल्सीनाले भन्नुभयो ‘संबिधानले दिएको हक कार्यान्वयन गर्ने वातावरण बनाउने दायित्व सबै राजनैतिक दलले लिनुपर्छ’ संबिधानले ग्यारेण्टी गरेका कुरा पुरा नहुँदा नागरिक अदालत जाने अवस्था आउने भएकाले त्यसलाई कार्यान्वयन गर्ने कुरामा राजनैतिक एकता आवश्यक भएको पनि बताउनुभयो ।

मुलुकमा बिधीको शासन स्थापित गर्नुपर्ने आवश्यकता भएको बताउँदै बिद्यी एका तर्फ तर शासन अर्को तर्फ बिगतको परम्परा दोहोरिन हुँदैन भन्ने कुरामा जोड दिए । बिधीको शासन नभए देशको भबिश्य नै अन्यौलमा पर्ने भएकाले राजनैतिक क्षेत्रले यसलाई गम्भीरतापुर्वक लिन पनि आग्रह गरे ।
् कार्यक्रममा नेपाल जेसिजका अध्यक्ष श्रीधर बस्यालले सरकारले पाँच बर्षको जनमत पाएका कारण पाँच बर्षपछि कार्याकालको मुल्याँकन हुने बताउँदै नेतृत्वमा जान पेश गरेका एजेण्डा नेतृत्व छाड्दा पुरा भएकी भएनन भनेर छलफल गर्नुपर्ने जेसिजको जस्तै परम्परा सबै क्षेत्रमा बसाल्नुपर्ने बताए ।

नेपाल जेसिजकी कार्यकारी उपाध्यक्ष रस्मी शिल्पकारको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङ्ग, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेल, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, बागलुङ्ग जेसिजकी अध्यक्ष लालकुमारी बस्नेत(अम्बिका) र नेपाल जेसिजका पुर्व उपाध्यक्ष तथा सम्मेलन निर्देशक बसन्तकुमार कर्माचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा पर्वत जेसिजका अध्यक्ष राजनकुमार जोशीले स्वागत गरेका थिए भने मञ्जु सिलाकार र बिनोद आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । सम्मेलनकै अवसरमा पर्वत जेसिजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ(भरत) र पुर्व अध्यक्ष बिषमकुमार श्रेष्ठलाई सन २००३ मा क्षेत्र ख सम्मेलन सफलतापुर्वक सम्पन्न गरेको भन्दै सम्मानित पनि गरिएको थियो ।

सम्मेलनमा नेपाल जेसिजको क्षेत्र ‘ख’ अन्र्तगतका ३२ शाखाका पदाधिकारीहरु तथा नेसपाल जेसिज अन्र्तगत अन्य शाखाहरुका सदस्यहरुको पनि सहभागिता रहेको छ । सबै शाखा र नेपाल जेसिजका पदाधिकारी समेत ६ सय भन्दा बढी सहभागी भएको सम्मेलन निर्देशक बसन्तकुमार कर्माचार्यले जानकारी दिए । सम्मेलनको उद्घाटन पछि नेकपाका केन्द्रिय तथा युवा नेता ठाकुर गैरे र नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभाका सदस्य बद्री पाण्डेले युवाहरुको नेतृत्व बिकास सम्बन्धी प्रशिक्षण दिएका छन ।