३० भदौ , पर्वत । चर्चित लोकगायक तथा सर्जक कस्तुप पन्तको दशै गित ‘दशैको जमरा’ शुक्रवार सार्वजानिक भएको छ । तिज सकिए लगत्तै उनले दशै विशेष गित सार्वजानिक गरेका हुन् । चाडपर्वको मुखमा बैदेशिक रोजगारमा गएका युवाहरुको बिवशता र बाध्यतालाई गितमा उतारिएको छ ।
कस्तुप पन्तको स्वर,लय र शव्दमा रहेको दशै विशेष गितमा लोकप्रिय गायिका सर्मिला गुरुङले साथ दिएकी छन् । सारथी म्युजिक प्रा.लिद्धारा उक्त गित बजारमा ल्याएको हो ।
प्रकाश भट्टले निर्देशन गरेको गितमा कस्तुप पन्त र सर्मिला गुरुङ सँगै नेपाली काँग्रेस पर्वतका लोकप्रिय नेता गंगाराज शर्मा र सिता भट्टाराईले अभियान गरेका छन् । त्यस्तै बाल कलाकार आश्चर्य पन्त र स्मृति सिलवाल समेत अभियान गरेका छन् ।
हरेक बर्ष दशैका गित निकाल्दै आएका गायक पन्तले यस बर्षको गितले पनि श्रोत तथा दशृकको मन जित्न सफल हुने विश्वास व्यक्त गरे । ‘मैले निकाल्ने हरेक गित समय सान्र्दर्भिक भएकाले श्रोत तथा दर्शकहरुले यो गितलाई पनि माया गर्नुहुने छ–उनले भने,‘प्रदेशी युवाहरुको कथा र बिवशतालाई गितमा समेटिएका कारण गितले सफलता प्राप्त गर्नेमा आफु आसवादी रहेको उनले बताए ।’
भिडियो




