३१ साउन, पर्वत । विद्यालयका छात्राहरुलाई अप्राकृतिक मैथुन गरेको आरोप लागेका एक शिक्षक कारागार चलान भएका छन । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार जिल्ला अदालत पर्वतले पर्वतको फलेवास नगरपाकिला ६ स्थित माझिगाउँ आधारभुत विद्यालयका प्रअ खिलप्रसाद पौडेललाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
पौडेलले अध्यापन गर्ने विद्यालयका ३ जना छात्राहरुलाई अप्राकृतिम मैथुन गरेको आरोप लागेको थियो ।
छात्राहरु ७ देखि १२ बर्ष उमेर समूहका छन । ५१ बर्षका पौडेललाई स्थानीयले कालोमुसो सहित जुत्ताको माला लगाएको अवस्थामा प्रहरीले विद्यालय प्राङगण बाट नै पक्राउ गरेर अनुसन्धान पछि जवजस्ती करणी/ अप्राकृतिक मैथुनको आरोपमा जिल्ला अदालत पर्वतमा मुद्धा दर्ता गराएको थियो ।




