४ साउन, पर्वत । पर्वतको जलजला गाउँपालिकामा गएको बाढी र पहिरो पिडीतलाई प्रतिनिधीसभाका सदस्य पदम गिरीले घरमै पुगेर राहत बितरण गरेका छन ।
बाढी र पहिरोका कारण बिस्थापितहरुको अवस्था बुझ्न स्थलगत रुपमा पुगेका साँसद गिरीले पहिरोमा परि ज्यान गुमाएका र घाइते भएकाहरुको परिवारका सदस्यलाई राहत दिएका हुन ।
साँसद गिरीले पहिरोमा परि ज्यान गुमाएका बिकास परियारका बाबु बमबहादुर परियारलाई नगद २० हजार रुपैया दिए । उनले आफ्नो ब्यक्तिगत तर्फबाट उक्त राहत दिएको र सबै पिडीतहरुलाई पुर्नस्थापना र राहतका लागि सरोकारवाला र सरकारबाट थप पहल गर्ने आश्वासन दिए ।
बाढी र पहिरोको घटना पछि आफुँ सँसद छाडेर पिडीतहरुको पिडामा मल्हम लगाउने प्रयासमा जुटेको बताउँदै लस्तीखोला नियन्त्रण र बेरनेटाको बस्तीबाट बिस्थापितहरुको पुर्नस्थापनाका लागि कुनै कसर बाँकी नराख्ने आश्वासन पनि दिए । ‘बस्ती जोगाउन र पिडीतहरुको पर्नुस्थापनाका लागि स्थानियस्तरमा र राष्ट्रियस्तरमा सबै पहल गरिनेछ’ उनले भने ‘सबै पक्षको सहयोग र समन्वयका आधारमा तत्काल काम अघि बढाउन आवश्यक छ’ गिरीले जलजला – ७ मा पहिरोले पु¥याएको क्षतिको अवलोकन गरे र पिडीत स्थानिय पिडीतहरुलाई पनि राहत बितरण गरेका छन ।
पहिरोबाट जलजला ८ का मात्रै २२ घर बिस्थापित भएका छन । पहिरोमा परेर स्थानिय सुकुम्बासी बस्तीका ९ घर पुर्ण क्षति भएका छन भने १४ घर आँशिक क्षति भएकाले जोखिममा छन ।




