Print

‘कानून निर्माणमा ढिलाई गर्दा स्थानीय तहमा समस्या’– राष्ट्रिय सभा अध्यक्ष

२९ असार, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले संबिधानमा उल्लेख गरिएका हकहरुको कार्यान्वयनका लागि संघीय सरकारले कानून बनाउन नसक्दा प्रदेश र स्थानीय सरकार संचालनमा समस्या भएको बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिका स्थित पातिचौर–मैदान–लप्सीबोट सडकको शुभारम्भ कार्यक्रममा बोल्दै तिमिल्सीनाले संघीय सरकारले आवश्यक कानूनको निर्माण गर्न नसक्दा प्रदेश सरकारर स्थानीय सरकारले गर्ने काम कारवाही प्रभावित भएको बताउनुभयो ।

संबिधानले व्यवस्था गरेका हकहरुलाई कानूनमा उतार्नेकुरा महत्पूर्ण भएकाले आगामी दिनमा केन्द्र सरकारले त्यस दिशातर्फ लाग्ने बताउनुभयो । हामीले संबिधानमा सबै कुराहरु व्यवस्था गरेका छौं उहाँले भन्नुभयो संबिधानमा भएका कुराहरुलाई कार्यान्वयनमा लैजाने विषय चुनौतिपूर्ण छ ।

अध्यक्ष तिमिल्सीनाले संबिधानमा लेखिएका कुराहरुको कार्यान्वयन गरि व्यवहारबाट रुपान्तरण गर्नका लागि राष्ट संबृद्ध हुन जरुरी रहेको बताउँदै देशलाई संमृद्ध बनाउन तिनै तहका सरकार आ आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले देश संमृद्धीको बाटोमा अगाडी बढिसकेको बताउँदै संमृद्ध बनाउनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
तिमिल्सीनाले विकास नै राज्यको पहिलो प्राथमिकता भएकाले विकास निर्माणका कार्यहरुमा सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने समेत बताउनुभयो । विगतका समयमा जस्तो विकास निर्माणका कार्यहरुमा अनावश्यक खिचातानीले देश पछाडी परेको बताउँदै उहाँले संबद्धीको दिशामा अगाडी बढ्न सबैसँग सहकार्यको खाँचो रहेको औंल्याउनुभयो ।

विगतका समयमा राजनीति द्धन्दमा केन्द्रीत हुँदा देशले विकासमा फड्को मार्न नसकेको उहाँले बताउनुभयो । हामी विकासमा भन्दा राजनीतिक परिवर्तनमा केन्द्रित भयौं उहाँले भन्नुभयो आगामी दिनमा विकास र संमृद्धीमा केन्द्रीत भएर अगाडी बढ्नु पर्ने समय आएको छ । उहाँले झिना मसिना काममा अड्केर बस्ने समय नभएकाले सरकारलाई पूर्ण सहयोग गर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

फरक प्रसंगमा बोल्दै तिमिल्सीनाले पर्वत जिल्लालाई राष्ट्रिय गौरबका योजनाहरु कार्यान्वयनका लागि आफुँ निरन्तर लागि पर्ने कुरामा जोड दिनुभयो । साना योजनाहरु कार्यान्वयनका लागि पनि आफुँले भूमिका खेल्दै आएको बताउँदै आफ्नो छ बर्षे कार्यकालमा पर्वतमा देखिने गरि परिर्वतन गर्न लागि परेको जानकारी गराउनुभयो । आफ्नो छ बर्षे कार्यकालमा पर्वतमा देखिने गरि परिर्वतन गर्न लागि परेको जानकारी गराउनुभयो । ‘म यही जिल्लाको बासिन्दा भएकाले राष्ट्रिय गौरबका योजनाहरु र साना योजनाहरु कार्यान्वयनका लागि पनि निरन्तर प्रयत्नशील छु’ उहाँले भन्नुभयो ‘यसले पर्वतको बिकासमा केही परिर्वतनको अनुभूति पक्कै हुनेछ’

कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य पदम गिरीले पर्वत जिल्लालाई बिकास निर्माणका क्षेत्रमा मुलुककै अग्रणी जिल्ला बनाउने गरि काम भैरहेको बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षीले सँसदमा आफ्ना कुरा राख्न छाडेर अनसनका लागि ब्यक्तिलाई उकास्ने काम गरेको आरोप पनि लगाउनुभयो । ‘पर्वतमा बिकास निर्माणमा परिणाममुखी काम गर्न प्रयत्नशील छौ’ उहाँले भन्नुभयो ‘खानेपानी, सडक लगायतका क्षेत्रमा धेरै काम हुनेछन ’

सोही कार्यक्रममा पुर्व साँसद अर्जुन जोशीले सरकार अधिनायकबादी बन्दै गएको आरोप लगाउनुभयो । सरकारले प्रजातान्त्रिक अभ्यास बिपरित काम गर्न थालेको उहाँको भनाई थियो । पुर्व सभासद कल्पना चापागाई, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, ग्रामिण सडक सुधार आयोजनाका प्रमुख जगदीश शर्माले आयोजनाका बारेमा मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कृष्ण अखेलीले गरेका थिए ।