Print

कुश्मालाई फलफूल र घाँसमा आत्मनिर्भर बनाईदै, वडा न ७ बाट अभियान शुरु

१८ असार, पर्वत । कुश्मा नगरपालिका वडा न ७ ले आफ्नो वडा भित्र फलफूलका विरुवा र माग अनुसार उपलब्ध गराएको छ । घाँस र फलफूलमा आत्मनिर्भर बनाउने उद्देश्यले वडा भित्रका कृषकहरुले माग गरे बमोजीम घाँस र फलफूलका विरुवाहरु चालु आर्थिक बर्षमा उपलब्ध गराइएको वडाअध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार वडा कार्यालयमा सम्पर्कमा आउने सवै कृषकलाई उनीहरुको जग्गाको अवस्था, कृषकको माग र चाहना बमोजीम विरुवाहरु उपलध गराइएको छ । पशुपालक कृषकहरुलाई भुईघाँस उपलब्ध गराउँदा तत्काल घाँसको उपभोग गर्न सकिने भएकाले भुईघाँसमा जोड दिएको पौडेलको भनाई छ ।

वडा कार्यालयले आँप, लिचि, कागती, किम्बु लगाएतका विरुवा उपलब्ध गराएको छ । वडा अध्यक्ष पौडेलले ५० वटा भन्दा बढि विरुवा रोपेर वगैचा बनाउन चाहने कृषकलाई सोहि बमोजीमका विरुवा समेत उपलब्ध गराउने बताए ।

‘कृषकको चाहना र माग छ भने हामीले माग जति विरुवा दिएका छौं’ उनले नगरपालिकामा घाँसको श्रोत केन्द्र बनाउने उद्देश्यका साथ वडाका कृषकहरुलाई ब्यवसायीक रुपमा नै घाँस रोप्न आफूले आग्रह गरेको बताए ।