Print

अधिबक्ता तथा पत्रकार शर्मा सम्मानीत

१८ असार, पर्वत । लायन्स क्लव अफ पर्वत मोदीकालीको बर्ष २०१८/१९ को नेतृत्वले आफ्नो कार्यकालको शुभारम्भ सँगै पत्रकार महासंघका संस्थापक अध्यक्ष तथा अधिबक्ता भोलानाथ शर्मालाई सम्मानित गरेको छ ।

मोदीकालीका अध्यक्ष गोविन्द प्रसाद शर्माले जुलाई १ देखि आफ्नो नयाँ कार्यकाल शुभारम्भ गर्दै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुराएको भन्दै तथा न्यू कालीगण्डकी दैनिक पर्वतका प्रधानसम्पादक भोलानाथ शर्मालाई सम्मान गरेको हो ।

शर्मालाई शारिरीक रुपमा अपाङ्गता भएर पनि सामाजिक क्षेत्रमा उनले खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मानित गरिएको हो । मोदीकालीका अध्यक्ष शर्माले आगमी दिनमा क्लवको मुल मर्मलाई आत्मसाथ गर्दै सामाजिक सेवाको क्षेत्रमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका थिए ।

लायन्स क्लव अफ पर्वत अन्तर्गतका दुई क्लवको पदहस्तान्तरण कार्यक्रम आइतबार कुश्मा मा सम्पन्न भएको छ । लायन्स क्लव अफ पर्वत मोदीकाली र पर्वत चौतारीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

बर्ष २०१७/१८ को कार्यकाल समाप्ति सँगै दुवै क्लवका अध्यक्षले बर्ष २०१८/१९ का अध्यक्षलाई पद हस्तान्तरण गरेका थिए । मोदीकाली अध्यक्ष राजन जोशीले बर्ष २०१८/१९ का अध्यक्ष गोविन्द प्रसाद शर्मालाई अध्यक्ष पद सँगै नेतृत्व हस्तान्तरण गरेका थिए भने पर्वत चौतारीका अध्यक्ष पुरुषोत्तम आचार्यले इश्वरी पाठकलाई बर्ष २०१८/१९ को जिम्मेवारी हस्तान्तरण गरेका थिए ।