१८ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका ८ चुवा निवासी शोभा पौडेल जिसीले आफ्नी छोरी एन्जेलेन जिसीको जन्मदिनको अबसर पारेर विद्यालयलाई सहयोग गरेकीछिन ।
जिसीले चुवामा रहेको मङ्लोदय माबिलाई ५० हजार नगर सहयोग गरेकी हुन । सामुदायिक विद्यालयको शैक्षिक स्तरोउन्नतीमा सहयोग गर्ने उद्देश्यले बुनु बाबु सानु नानी अछयकोश स्थापना गर्न उक्त रकम प्रदान गरीएको जिसीले बताईन ।
उक्त रकम परिवारको तर्फबाट बुवा कृष्ण बहादुर जिसी मार्फत बिद्यालयलाई हस्तन्तारण गरिएको छ । जिसीले उक्त रकम गुफुड्ीम एप मार्फत फन फर चयाल्ड एडिकेशन क्यापनिङ मात्र अमेरिकामा संकलन गरेकी हुन ।
विद्यालयका बालबालिकाको अनुहानरमा खुशी ल्याउन गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त क्यापनिङ मार्फक १२ सय ६३ अमेरिकी डलर संकलन भईसकेको जिसीले बताइन ।
उनी केहि समय देखि अमेरिकामा छिन ।




