Print

‘नेपाल जातिय सहिष्णुता भएको देश हो’–सांसद गिरी

१६ असार, पर्वत । प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले नेपाली जनता मिलेर बस्ने गरेको विश्वकै उदाहरणीय देश भएको बताएका छन । नेपाल दशनामी समाज पर्वतले शनिवार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सांसद गिरीले जातिय रुपमा सहिष्णुता भएको देशका नागरिक मिलेरै देशको विकास गर्ने समेत बताए ।

विदेशमा जातका आधारमा ठूला ठूला युद्धहरु हुने गरेको भन्दै नेपाल जात, भाषा, धर्म र संस्कृतिका आधारमा सवै नागरिक मिलेर बसेको विश्वकै नमुना राष्ट्र भएको गिरीको भनाई छ ।

नेपाल दशनामी समाज पर्वतले जिल्लामा एसइईमा उत्कृष्ट नतिजा ल्याउने दशनामी विद्यार्थी र जेष्ठनागरिकलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य ब्यक्त गर्दै सांसद गिरीले यस्तो धारणा राखेका हुन ।

अर्को एक फरक प्रशंगमा उनले शैक्षिक अवस्था सुधारमा अवको प्रयास स्थानीय देखि केन्द्र सरकारको पनि हुनपर्ने धारणा राखे । राज्यले जेष्ठ नागरिकलाई सम्मान गर्ने प्रचालनको शुरुवात गरिरहेको भन्दै गिरीले जेष्ठ नागरिकका अपेक्षाहरु पुरा गर्न सरकारका सधै गम्भिर हुनुपर्ने समेत बताए ।

कार्यक्रममा ११ जना जेष्ठ नागरिक र ५ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।