१६ असार, पर्वत । दशनामी समाज पर्वतले एसइईमा उत्कृष्ट नतिजा ल्याउने दशनामी विद्यार्थी र जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गरी समाजले ५ जना विद्यार्थी र ११ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पदम गिरीले सम्बृद्ध नेपाल निर्माणमा सवै जात, भाषा र धर्म सस्कृतिको एक्यबद्धता हुनुपर्ने धारणा राखे । सांसद गिरीले नेपाल जातिय सहिष्णुता भएको देश भएकाले यहाँका नेपाली एक आपसमा मिलेर बसेको दावी गरे ।
उनले जात र भाषाका आधारमा केहि कसैलाई राज्यले भेदभाव नगर्ने भन्दै आफ्नो पहिचानका लागि आफै जागरुक हुनुपर्ने धारणा राखे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कुश्मा नगरपालिका वडा न ६ का वडा अध्यक्ष रुद्र गिरी, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरी, दशनामी समाजका केन्द्रिय सदस्य तुलसी गिरी, शिवालय क्याम्पसका अध्यक्ष गोविन्द पहाडी, दशनामी समाजका प्रदेश संयोजक ईश्वर गिरी, दशनामी समाजका प्रदेश युवा संयोजक अर्जुन गिरी, जेष्ठ नागरिक निल गिरी र सम्मानीत विद्यार्थी अस्मिता पुरी, नेपाल दशनामी युवा समाज केन्द्रिय सह-संयाेजक सुरेश गिरी लगाएतले आफ्नो धारणा राखेका थिए ।
सम्मान कार्यक्रममा देशकै उत्कृष्ट नतिजा ल्याउने कालीगण्डकी एकेडमीका अञ्जली पुरी सहित नवजागृत माविकी अस्मिता पुरी, गुरुकूल एकेडमीका रोहित पुरी, शिवालय माविका सम्राट गिरी र फर्से धाइरिङ माविका गोविन्द गिरीलाई समाजले सम्मान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद पदम गिरी लगाएतले सम्मानी हुने विद्यार्थीलाई खादा, सम्मान पत्र र नगद उपहार प्रदान गरेका थिए ।
यसैगरी कार्यक्रममा जेष्ठ नागरिकहरु निल गिरी, खकन गिरी, डम्मरकुमारी गिरी, नन्दकुमारी गिरी, कपुरी कुमारी गिरी, गोपाल गिरी, एकदेव गिरी, कृष्णकुमारी पुरी, देवि कुमारी पुरी, पूर्णकला पुरी तिर्थकुमारी पुरी लगाएतलाई समाजले सम्मान गरेको हो ।
समाजका अध्यक्ष योगराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव डम्बर गिरी र स्वागत दशनामी युवा समाजका अध्यक्ष नवराज पुरीले गरेका थिए ।




