Print

प्रहरी भवनको उद्घाटन गर्दै सांसद गिरीले भने–‘सवै नागरीकको सुरक्षा ग्यारेन्टी सरकारले लिनुपर्छ’

२ असार, पर्वत । प्रतिनिधि सभा सदस्य सांसद पदम गिरीले नगारिकको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने बताएका छन ।

पर्वतको जलजला गाउँपालिका स्थित लेकफाँट प्रहरी चौकीको भवन उद्घाटन कार्यक्रममा बोल्दै सांसद गिरीले सुरक्षाको ग्यारेन्टी गर्ने जिम्मा सरकारको भएकाले नागरिकको सुरक्षाको सवै जिम्मा सरकारले लिनुपर्ने बताएका हुन ।

कार्यक्रममा बोल्दै सांसद गिरीले गाउँमा असुरक्षा बढ्दा बसाईसराई बढ्ने भएकाले सुरक्षित गाउँ नमुना ठाउँ बनाउने अभियानमा सवै जना लाग्नुपर्ने बताए ।

विगतका दिनहरुमा राजनीति लडाईका कारण खाली भएका गाउँहरु विस्तारै भरिने अवस्थामा गएको भन्दै शान्ति सुरक्षाको ग्यारेन्टी हुँदा ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरुको आकर्षण पनि बढीरहेको गिरीको भर्नाइ छ ।

जलजला गाउँपालिकाको लेकफाँटमा निर्माण गरिएको नवनिर्मित प्रहरी चौकीको सांसद गिरीले उद्घाटन गरेका हुन । प्रहरी भवनको अभावमा सेवा प्रवाहमा समस्या परेको भन्दै स्थानीयले उक्त भवन निर्माण कार्यमा सहयोग गरेका छन । भवन निर्माणसंगै प्रहरी सेवा थप प्रभावकारी हुने प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेको भर्नाइ छ ।