Print

नेपाल कम्युनिष्ट पार्टि पर्वतको पहिलो बैठक कुश्मामा सम्पन्न (निर्णय सहित)

२ असार, पर्वत । नेपाल कम्युनिष्ट पार्टि पर्वतको पहिलो बैठक कुश्मामा सम्पन्न भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्र वीचको पाटी एकिकरण पछि बनेको देशकै ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो वैठक कुश्मामा सम्पन्न भएको हो । पाटी एकता समन्वय समितिको संयोजनमा उक्त वैठक बसेको हो ।

बैठकले साविक नेकपा एमाले पर्वतको कार्यालयबाट पार्टि कामहरु सञ्चालन गर्ने निर्णय गरेको छ, साथै साविक माओवादि केन्द्रको कार्यालयलाई पनि जनसंगठनका काममा परिचालन गरिने निर्णय भएको छ ।

बैठकले केन्द्र र प्रदेशबाट निधारित जिल्ला कमिटिको संख्यालाई १२५ सदस्यिय बनाउन माग गर्ने तथा तल्ला कमिटिका कार्यालय स्थापना गरि बोर्ड राख्न निर्देशन गर्ने   निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता गोविन्द पहाडीले जानकारी दिए ।

आगामी बैठकले पार्टि कमिटिको एकिकरणका लागि ठोस योजना बनाउने बताइएको छ । पार्टीको आगामी वैठक असार १४ गते तय गरिएको पहाडीले बताए ।

पार्टी एकता पछि जिल्ला स्तरको नेतृत्व कस्तो हुने हो भन्ने कार्यकर्ताहरुको चासो बढिरहेको बेला जिल्ला कमिटिको आगामी वैठक महत्वपूर्ण हुनेछ ।