११ वैशाख, पर्वत । स्थानीय तहका जनप्रतिनिधिलाई जनमुखी बन्न नेकपा एमाले पर्वतका नेताहरुले निर्देशन दिएका छन ।
मंगलबार पर्वतको कुश्मा आयोजीत जनप्रतिनिधि र पार्टी वीचको सम्बन्ध विषय अन्तरक्रिया कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरुले जनमुखी कार्यगर्न जनप्रतिनिधिहरु निर्देशन दिएका हुन ।
एमालेको स्थानीय विभागले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका सदस्य तथा नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीले पार्टी भन्दा ठुलो जनप्रतिनिधि हुन नसक्ने बताउँदै पार्टीका मुल्य र मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताए ।
पार्टीले टिकट दिएर चुनाव जित्ने त्यसपछि पार्टी हित विपरित काम गर्ने छुट कसैलाई नभएको बताउँदै त्यस्ता कार्यकर्ताहरुलाई कारवाहिको दायरमा ल्याईने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बि पौडेलले आफु जुन दलले टिकट दिएर निवार्चित भएको हो त्यो दलसँगको अन्तरसम्वन्ध प्रभाकारी हुनुपर्नेमा जोड दिए ।
नागरिकलाई सेवा दिने क्रममा निष्पक्ष भएर सेवा दिनुपर्नेमा जोड दिँदै पौडेलले जनप्रतिनिधिका हरेक महत्वपुर्ण निर्णयहरु पार्टीको निर्देशन अनुसार हुनुपर्ने बताए ।
सो अवसरमा एमाले पर्वतका उपाध्यक्ष भक्त कुँवर, संघीय मामिला विभागका सदस्य मेघनाथ सुवेदी, पाटि उप सचिव गोविन्द पहाडी, नगर कमिटि अध्यक्ष याम गुरुङ, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश पौडेल, प्रेस चौतारी पर्वतका अध्यक्ष गणेश गिरी लगाएतले दिर्घकालीन महत्वराख्ने योजनाहरु कार्यान्वयनमा ल्याउन जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा पार्टी प्रतिनिधि र कुश्मा नगरपालिकाका निर्वािचत वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुले आ–आफ्ना गतिविधि र पार्टीबीचको सम्वन्धका बारेमा बोलेका थिए ।
कार्यक्रमको सञ्चालन स्थानीय विभाग सदस्य रुद्र केसी र अध्यक्षता स्थानीय बिभाग प्रमुख तथा पाटी उप सचिव गोबिन्द पहाडीले गरेका थिए ।




