१४ वैशाख, पर्वत । पर्वतको मोदि गाउँपालिका–५ बाउसेमा विहिबार साझ बस दुर्घटना भएको छ । दुर्घटनामा १९ जना यात्रु घाइते भएका छन् । गाउँपालिकाको मुकाम पातिचौरबाट बाजङु जादै गरेको ग १ ख ६२६९ नम्बरको बस साझ ४ बजे दुर्घटनामा परेको हो ।
कञ्चि र साँघुरो सडकका कारण वस दुर्घटनामा परेको स्थानीयले बताएका छन । घाइते १९ जना मध्ये ९ जनाको जिल्ला अस्पताल पर्वतमा उपचार पश्चात डिस्चार्ज भएका छन भने भने बाकि १० जनाको पोखरा मनिपाल अस्पतालमा उपचारको लागि पठाईएको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ । घाईते मध्ये धेरैजसोको टाउको र हातखुट्टामा चोट लागेकोे छ । भने घाईतेको अबस्था सामान्य रहेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार गाडीमा ३५ जना यात्रु सवार थिए भने चालकले घुम्ती मोड्ने बेला सडक साँधुरो भएकाले दुर्घटना भएको अनुमान गरिएको छ ।
घाइते हुनेमा मोदि गाउँपालिका आसपासका यात्रुहरु रहेका छन् । गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
घाइतेहरुको विवरण
जिल्ला अस्पताल पर्वत कुश्मा मा सामान्य उपचार पछि थप उपचारका लागि पोखरा रिफर भएका
– जिल्ला पर्वत मोदी गा।पा।५ बस्ने वर्ष १६ कि शान्ता अधिकारी( नाकमा चोट,मध्यम
– ऐ। ४ बस्ने वर्ष ६५ कि राधिका घर्ति, नाकमा चोट,मध्यम
– ऐ।ऐ ४ वस्ने वर्ष ७४ को बल ब। घर्ति, नाकमा चोट,मध्यम
– ऐ।ऐ। ५ बस्ने बर्ष १८ कि सपना अधिकारी, नाकमा चोट,मध्यम
– कुश्मा न।पा।११ बस्ने वर्ष २३ को रोसन ब। नेपाली,टाउकोमा चोट,मध्यम
– मोदि गा।पा।५ बस्ने वर्ष ६७ कि केश कुमारी क्षेत्रि, टाउकोमा चोट,मध्यम
– ऐ८ बस्ने बर्ष १४ को अंकित मल्ल,चोट टाउकोमा चोट,मध्यम
– ऐऐ बस्ने बर्ष ३६ कि लक्षिमी देवी मल्ल, टाउकोमा चोट,मध्यम
– ऐ ५ बस्ने वर्ष ३० को मन ब। कुँबर, टाउकोमा चोट,मध्यम
– ऐऐ बस्ने वर्ष ६८ को बिर ब। किसान, अनुहारमा चोट, मध्यम
घटना पश्चात तत्काल उपचारका लागि पोखरा गएकाको नामावली
– जिल्ला पर्वत मोदि गा।पा। ५ बस्ने वर्ष ५४ को मना सर्मा , टाउकोमा चोट, मध्यम
– ऐ।ऐ। बस्ने वर्ष ५० को विश्णु अधिकारी,हात खुट्टामा, मध्यम
– ऐ।ऐ। बस्ने वर्ष ४८ को बिरेन्द्र हमाल, हात खुट्टामा, मध्यम
– ऐ।ऐ ।बस्ने वर्ष ७५ को भिमलाल पौडेल,टाउकोमा चोट, मध्यम
– ऐ।ऐ।बस्ने वर्ष ६० कि सानि देवी मल्ल, टाउकोमा चोट, मध्यम
– ऐ।ऐ। बस्ने वर्ष ६१ को खडानन्द आचार्य, टाउकोमा चोट, मध्यम
– ऐ।ऐ। बस्ने वर्ष ६९ को राम ब। भवारी, टाउकोमा चोट, मध्यम
– ऐ।ए। ५ बस्ने वर्ष ६७ को रत्नाखर पौडेल, टाउकोमा चोट, मध्यम
– बाग्लुङ बलेवा घर भएकि वडा नम्बर नखुलेकि वर्ष ६२ कि बुद्दिकला परियार, टाउकोमा चोट, मध्यम
माथि उल्लेखित बाहेक का जिल्ला अस्पताल पर्वतमा उपचार गराइ रहेका ९ जना घाइते समान्य उपचार पछि डिस्चार्ज भइ घर गईसकेका छन ।




