७ वैशाख, पर्वत । कुश्मा नगरपालिका वडा नं. ८ चुवामा शुक्रबार बिहान बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन ।
काठमाण्डौबाट केही तिर्थयात्री र केही काम बिशेषले मुस्ताङ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान साडे ४ बजे दुर्घटनामा परेको हो ।
घाईते हुनेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका १० का ६५ बर्षिय लिलानाथ पुडासैनी, ६० बर्षिय माया पुडासैनी, काठमाण्डौ महानगरपालिका १६ की ३८ उर्मिला उप्रेती, ४३ बर्षिय अनन्त उप्रेती, ३६ बर्षिय बिन्दा लोहनी, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ६ का २४ बर्षिय सुदर्शन कार्की र मुस्ताङको छुसाङ गाउँपालिका ४ की १५ बर्षिय स्नेहा गुरुङ रहनुभएको छ ।
घाईतेहरु सबै जनाको जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको छ भने धेरैजसोका गर्धन र हातखुट्टामा चोट लागेको जिल्ला अस्पताल पर्वतका प्रहरी जवान पूर्णबहादुर भण्डारीले जानकारी दिनुभयो । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका ट्राफिक प्रहरी जवान सुदिप सापकोटाले दिनुभएको जानकारी अनुसार गाडीमा २६ जना यात्री सवार थिए भने चालकलाई निद्रा लागेका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएर घट्नाबारे अनुषन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो ।




