२३ फागुन, पर्वत । जिल्लाको भुरुङदीखोलामा निर्माणधिन पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ ।
मोदी गाउँपालिका वडा न १ भुकताङले र कास्कीको अन्नपूर्ण गाउँपालिका वडा न ८ जोड्ने पुल अलपत्र परेको हो ।
तीन बर्ष अघि निर्माण शुरु भएको पुल केहि महिनामै ठकेदारले काम छाडेर हिडेपछि अलपत्र परेको वडा अध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिए ।
६ करोड १३ लाख रुपैंयाको लागतमा निर्माण शुरु भएको पुल चालु आर्थिक बर्षमा सम्पन्न गर्नुपर्ने भएपनि अझै पनि धेरै काम निर्माण गर्न बाँकी छ ।
एक साइडमा पिल्लर उठाएको भएपनि बाँकी काम भएको छैन ।
२९ महिनामा सक्नुपर्ने पुल अलपत्र परेपछि स्थानीयबासी रुष्ट बनेका छन ।
वर्तमान राष्ट्रिय सभा सदस्य गणेश तिमिल्सीनाको अगुवाई र पहलमा सडक डिभिजन कार्यालय मार्फत निर्माण कार्य शुरु भएको उक्त पुल अलपत्र परेपछि जनप्रतिनिधिहरु प्रति थप बोझ थपिएको छ ।
तिमिल्सीनाले पुल छिटो सम्पन्न गर्नका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने बताउँछन ।
पुल निर्माण सम्पन्न नहुँदा बर्षायाममा सवारी आगमनमा समस्या पर्दै आईरहेको छ ।




