२७ माघ, पर्वत । राष्ट्रियसभा सदस्य तथा नेकपा(एमाले)का पोलिटब्युरो सदस्य गणेश तिमिल्सीनाले नेकपा(एमाले) र नेकपा माओबादी केन्द्रका बिचमा पार्टी एकता जसरी पनि हुने बताएका छन ।
नेकपा(एमाले) पर्वतले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै तिमिल्सीनाले पार्टी एकताका धेरै बिषयमा टुंगोमा पुग्न बाँकी रहेकाले सरकार गठन पछि पार्टी एकता जसरी पनि हुने बताएका हुन ।
‘दुई पार्टीका बिचमा एकता गर्नका लागि कार्यदिशा, नेतृत्व लगायतका धेरै बिषयमा टुंगोमा पुग्नुपर्छ’ उनले भने ‘सबै कुरा मिलाउँदा समय लाग्ने भएकाले पहिले सरकार गठन हुन्छ, त्यसपछि पार्टी एकता हुन्छ ’ ।
उनले पार्टी एकता भएरै छाड्ने भएकाले कुनै शंका नगर्न पनि आग्रह गरे ।
पार्टी एकता संयोजन समितिले पर्याप्त छलफल गरेपछि दुई नेताले अन्तिम निर्णय गर्नुपर्ने आफ्नो धारणा रहेको पोलिटब्युरो सदस्य तिमिल्सीनाले बताए ।
‘पार्टी एकता दुई नेताले गर्नुपर्छ’ उनले भने ‘संयोजन समितिमा पनि कुरा नमिल्न सक्छ तर पर्याप्त छलफल हुन भने जरुरी छ’ ।
पार्टी एकताका बिरोधी र आफ्नो भबिश्यको चिन्ता भएकाहरुले मात्रै एकता बिरोधी अफवाह फैलाएको उनले आरोप लगाए ।
तिमिल्सीनाले बाम गठबन्धनले यसपटक स्थानिय देखि सबै तहमा बिजय प्राप्त गरेका कारण जनचाहना अनुसार काम गर्न आवश्यक भएको बताए ।
‘जनचाहना अनुसार काम गर्न सकेनौ भने जनताले दण्डित गर्छन भने ।
‘बहुमतको उन्मादमा २०१५ र २०४८ मा कांग्रेसकै ब्यबहार बाम गठबन्धनले गर्ने हो भने कांग्रेसको अहिलेको हालत बामपन्थीको हुन्छ’ उनले भने ।
कार्यक्रममा बोल्दै प्रतिनिधीसभाका सदस्य तथा जिल्ला अध्यक्ष पदम गिरीले पर्वतमा एमालेका समर्थकहरु आज सम्म सधै अपमानित भएर बस्नु परेको चर्चा गर्दै यस पटक सबै क्षेत्रमा चुनाब जितेर गौरब गर्ने अवसर पाएका छन भने ।
‘स्थानिय तह देखि राष्ट्रियसभा सम्म एमालेका उमेदवारले बिजय प्राप्त गरेपछि सबैले गौरब गर्ने अवसर पाएका छौ’ उनले भने ‘जनताको यो उत्साह र गौरबलाई हामीले कायम गर्न सक्नुपर्छ’ ।
कार्यक्रममा प्रदेशसभा सदस्य जुनादेबी नेपालीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला उपसचिब गोबिन्द गिरी पहाडीले गरेका थिए ।




