२४ माघ, पर्वत । तत्कालीन जिल्ला विकास समितिपर्वत को सभापति रहेका एमाले नेता गणेश प्रसाद तिमिल्सीना अन्ततः राष्ट्रिय सभा सदस्य बनेका छन ।
नेकपा एमालेको पोलिटब्यूरो सदस्य रहेका तिमिल्सीना प्रदेश कमिटि गठन भएसंगै प्रदेश संगठन कमिटिको सह संयोजकको जिम्मेवारीमा थिए ।
पर्वत जिल्लाको सभापति हुँदा जिल्लाको विकास योजनामा विशिष्ट योगदान पुराएका तिमिल्सीनाले शुरुवात गरेका कच्चि मोटरबाटो र विद्युतीकरणका कारण आज जिल्लाका सवै वडामा कच्चि सडक र विद्य्रुतिकरण पुगेको छ ।
विकास, योजना र विशिष्ट राजनैतिक चेतना वोकेका तिमिल्सीना दोस्रो संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न १ बाट उम्मेदवार समेत बनेका थिए ।
उक्त निर्वाचनमा पराजीत तिमिल्सीना निरन्तर जिल्लाको विकास निर्माणका योजनामा क्रियाशिल छन ।
विशेषगरी प्रदेश न ४ का सवै जिल्लाको विकास निर्माणमा चासो राख्दै आएका तिमिल्सीनाले पछिल्लो समय मुख्य मन्त्रीको दावेदार समेत थिए ।
पार्टीको नेतृत्वले मुख्य मन्त्री नहुने संकेत दिएपछि प्रदेश सभाको निर्वाचनबाट पछि हटेका तिमिल्सीनाले अन्ततः राष्ट्रिय सभा सदस्यमा जाने गरी योजना बनाएका थिए ।
विशेष गरी धौलागिरी क्षेत्रका मुस्ताङ, पर्वत र बागलुङको तत्कालीन संगठन कमिटि निर्माण र पार्टी कार्यलाई प्रभावकारी ढङगबाट सञ्चालन गरी सफल भएका तिमिल्सीना आगामी केन्द्रिय सरकारको मन्त्रीको दावा सहित राष्ट्रिय सभा सदस्य बनेका हुन ।
बुधवार प्रदेश न ४ को केन्द्र पोखरामा सम्पन्न निर्वाचनमा तिमिल्सीना संगै बामगठबन्धनका पूर्व मन्त्री समेत रहेका दिनानाथ शर्मा समेत राष्ट्रिय सभा सदस्य बनेका छन ।




