५ माघ, पर्वत । नेकपा(एमाले)ले राष्ट्रिय सभा सदस्यका लागि चार नम्बर प्रदेशबाट उमेदवार सिफारिस गरेको छ । एमालेको प्रदेश संगठन कमिटीले चार नम्बर प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि उमेदवारहरु सिफारिस गरेको छ ।
एमालेले पाउने अन्य जातिको तर्फबाट पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक गणेश तिमिल्सीना एक जना मात्रै उमेदवार सिफारिस गरेको छ । दुई महिलाका लागि ६ जना र १ जना अल्पसंख्यक अपांगका लागि ३ जनाको नाम सिफारिस भएको छ ।
एमालेबाट अन्य जातिबाट पाउने एक सिटमा एक जना मात्रै सिफारिस गरेका कारण तिमिल्सीना उमेदवार हुने र बिजय हुने सुनिश्चित देखिएको एक प्रदेश सचिबालय सदस्यले जानकारी दिए।
अल्पसंख्यक र अपांगबाट केपी अधिकारी म्याग्दी, रामबहादुर थापा(स्याङ्गजा) र सुर्य खड्का बिखर्ची (कास्कीं) को नाम सिफारिस भएको छ । दुई जना महिलाका लागि शान्ति अधिकारी –बागलुङ्ग) बिमला बोगटी (गोरखा),दानकुमारी पाण्डे(नबलपुर), दिपा गुरुङ्ग(लमजुङ्ग) र चित्रा नेपाली(स्याङ्गजा)को नाम सिफारिस गरिएको छ ।
प्रदेश कमिटिले पार्टी स्थायी समितिमा उमेदवारहरुको नाम सिफारिस गरेका कारण स्थायी समितिले उमेदवारको अन्तिम टुंगो लगाउने छ ।




