Print

मतगणना जारी, पर्वतको प्रदेश सभा २ मा उच्च प्रतिस्पर्धा, तिवारीले लम्साललाई टक्कर दिँदै

२३ मंसीर, पर्वत । नेकपा एमालेका विकास लम्साल र नेपाली कांग्रेसका राजेन्द्र तिवारी वीच जिल्लाको प्रदेश न २ मा निकै कडा प्रतिस्पर्धा देखिएको छ ।

प्रदेश सभा गठनका लागि भएको मतदानको मतगणना अनुसार बामगठबन्धन देशै भर बलियो देखिएपनि क्षेत्र न २ मा भने बाम गठबन्धनलाई लोकतान्त्रिक गठबन्धनका तिवारीले पछिल्लो मत परिणाम (विहान ६ बजे) अनुसार टक्कर दिएका छन । अछिल्लो अपेडट अनुसार क्षेत्र न २ मा एमालेका विकास लम्सालले ४ हजार ८ सय ६ मत पाएका छन भने नेपाली कांग्रेसका राजेन्द्र तिवारीले ४ हजार ८ सय २७ मत प्राप्त गरेका छन । कांग्रेसका तिवारीले २१ मतान्तर बनाउँदै अग्रता कायम गरेका छन ।

योसंगै क्षेत्र न २ मा एमालेलाई जीत निकाल्न भने हम्मे हम्मे परिरहेको छ । क्षेत्र न २ मा नेकपा एमालेका लम्साललाई भन्दा प्रतिनिधि सभाका उमेदवार नेकपा एमालेका जिल्ला अध्यक्ष पदम गिरीलाई

धेरै मत खसेका कारण पनि मतपरिणाम अनुमान गर्न गाह्रो भएको छ । यद्यपि लम्सालले भने आफ्नो जीत सुनिश्चित भएको मतगणना स्थलमा दावी गरीरहेका छन ।