२३ मंसीर, पर्वत । पर्वतमा प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना जारी छ । मतगणनामा बाम मोर्चा अगाडि देखिएसंगै बाम कार्यकर्तामा उत्साह छाएको छ भने, कांग्रेसका कार्यकर्ता निराश देखिएका छन । शुक्रबार साँझबाट शुरु भएको मतगणना कार्य चलिरहँदा मतगणनाको परिणामले बागठबन्धनलाई अगाडि देखाएको छ ।
विहान ५ बजेसम्मको अपेडेट अनुसार गठबन्धनको तर्फबाट नेकपा एमालेका प्रतिनिधि सभाका सदस्य पदम गिरीले ११ हजार ८ सय ६३ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले ८ हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ । घ हजार १ सय ५ मतको भारी अग्रता कायम गर्दै गिरीले जोशीलाई पछाडी पारेका छन । उता, प्रदेश सभा १ मा माओवादी केन्द्रका नेत्रनाथ अधिकारीले ४ हजार ४ सय ६ मत प्राप्त गरेका छन भने कांग्रेसका नवराज गुरुङले ४ हजार ३ सय ८0 मत प्राप्त गरेका छन ।
उता, क्षेत्र न २ मा एमालेका विकास लम्सालले ४ हजार ८ सय ६ मत पाएका छन भने नेपाली कांग्रेसका राजेन्द्र तिवारीले ४ हजार ८ सय २७ मत प्राप्त गरेका छन । कांग्रेसका तिवारीले २१ मतान्तर बनाउँदै अग्रता कायम गरेका छन ।




