Print

पर्वतमा मतगणना जारी, बाम कार्यकर्ता उत्साहित, कांग्रेसका कार्यकर्ता निराश

२३ मंसीर, पर्वत । पर्वतमा प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना जारी छ । मतगणनामा बाम मोर्चा अगाडि देखिएसंगै बाम कार्यकर्तामा उत्साह छाएको छ भने, कांग्रेसका कार्यकर्ता निराश देखिएका छन । शुक्रबार साँझबाट शुरु भएको मतगणना कार्य चलिरहँदा मतगणनाको परिणामले बागठबन्धनलाई अगाडि देखाएको छ । विहान ५ बजेसम्मको अपेडेट अनुसार गठबन्धनको तर्फबाट नेकपा एमालेका प्रतिनिधि सभाका सदस्य पदम गिरीले ९ हजार ६५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले ६ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ । २ हजार ३ सय ४८ मतको भारी अग्रता कायम गर्दै गिरीले जोशीलाई पछाडी पारेका छन ।

उता, प्रदेश सभा १ मा माओवादी केन्द्रका नेत्रनाथ अधिकारीले ४ हजार ३६ मत प्राप्त गरेका छन भने कांग्रेसका नवराज गुरुङले ३ हजार ३ सय ९८ मत प्राप्त गरेका छन । उता, क्षेत्र न २ मा झिनो मतले अग्रता कायम गर्दै एमालेका विकास लम्सालले ३ हजार ३ सय ८५ मत पाएका छन भने नेपाली कांग्रेसका राजेन्द्र तिवारीले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन । हालसम्म जिल्लाको माझफाँट, पाङ, भोर्ले, वहाकी लगाएतका वडाहरुको मतगणना भईसकेको वताइएको छ ।