Print

उमेदवार सदरमुकाम नआएपछि मतगणना ढिलो गरी ४ बजेबाट शुरु हुने

२२ मंसीर, पर्वत । पर्वत जिल्लाको मतगणना वेलुका ४ बजेबाट हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार दिउँसो १ बजेबाट गर्ने भनिएको मतगणना बेलुका ४ बजेबाट मात्रै गर्न लागिएको हो ।

राजनैतिक दलहरु वीचको सर्वदलिय वैठक भने सम्पन्न भएको छ । प्रदेश सभा २ का उमेदवार राजेन्द्र तिवारी सदरमुकाम नआइसकेको कारण मतगणना रोकिएको हो । मतगणनाका लागि कार्यालयले तयारी सकेको छ ।

आज वेलुका ४ बाट हुने मतगणनाका लागि उच्च सुरक्षा प्रवन्ध मिलाइएको छ । मत गणना कार्याका लागि जिल्ला अदालतमा बेग्ला बेग्लै स्थान बनाइएको कार्यालयले जनाएको छ ।