२२ मंसीर, पर्वत । संसदीय राजनीतिमा अरापराजीत इतिहास बोकेका नेपाली कांग्रेसका नेता अर्जुन जोशी सामू यतिवेला चुनौतिका ठूलो चाङ तेर्सिएको छ । २०५६ सालको आम निर्वाचनमा विजयी हासिल गरेका जोशीले २०६४ सालमा देश भर कांग्रेसले कमजोर स्थान प्राप्त गर्दा पनि निर्वाचनमा विजय हासिल गरेका थिए । उनले आफ्नो इतिहासलाई सुरक्षित गर्दै २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पनि विजय प्राप्त गरे । लगातार संसदीय राजनीतिमा सफल हुने योद्धाको सुचिमा पर्ने जोशीले २०७४ सालको मंसीर २१ गते हुन आम निर्वाचनमा पनि उमेदवार बने । हिजो मात्रै सम्पन्न मतदानको मतपरिणाम सार्वजनिक हुन अव केहि घण्टाहरु कुर्नुपर्नेछ ।
पहिलो पटक नेकपा एमालेसंग सिंगै २०५६ सालमा चुनाव लडेका जोशीले २०६४ सालमा त्रिपक्षिय भिडन्तमा होमिए । उनले तत्कालीन नेकपा माओवादीका उमेदवारलाई प्रतिस्पर्धी बनाउँदै आफ्नो जीत निकाले । त्यसको ६ बर्ष पछि २०७० सालमा पनि त्रिपक्षिय भिडन्त भयो । उनले एमालेका उम्मेदवारलाई निकटम प्रतिद्धन्द्धी बनाउदै आफ्नो जीत सुनिश्चित गरेका थिए । यस पटक दुई शक्तिको वीचमा चुनाव भिडन्त छ । कम्युनिष्ट आन्दोलनको सवैभन्दा फरक मोडको रुपमा यस पटकको निर्वाचन सावित भयो । नेपाली कांग्रेससंग प्रतिस्पर्धाका लागि संयुक्त मोर्चा बन्दी गरेर चुनावी दौडमा बामगठबन्धन होमिएसंगै पर्वतमा जोशीले संयुक्त बामगठबन्धनसंगै संघर्ष गर्नुपरेको छ ।
पार्टी राजनीतिमा सधै सत्ता र शक्तिमा रहेका जोशीले अधिनायकबादी शैली देखाएको भन्दै रुष्ट भएका आफ्नै कार्यकर्ताको मन जितेर कम्युनिष्ट शक्तिसंग चुनावी मैदानमा उत्रिनुलाई फलामको चिउरा पनि भनिएको छ । विगतमा खसेका मतसंख्याको तुलनामा कांग्रेस बामशक्ति भन्दा कमजोर शक्ति देखिएको पर्वतमा कम्युनिष्ट कार्यकर्ताकै मत लिएर चुनाव जित्ने दौडमा देखिएका जोशीलाई यस पटकको निर्वाचनले इतिहास जोेगाउने वा इतिहास भत्काउने भन्ने चिन्ता उनी निकट कार्यकर्तालाई देखिएको छ ।
उनीसंग प्रतिस्पर्धा गरेका नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका पदम गिरीको आम मतदाता वीचको लोकप्रियता रहेको चर्चाका कारण पनि जोशीको मतसंख्या घट्न सक्ने अनुमान गरिएको बेला आज दिउँसो २ बजेबाट हुने मतगणनाले त्यसको छिनोफानो भने गर्नेछ । यो निर्वाचनमा देशभर भएका मतगणनामा कांग्रेस कमजोर बनिरहेको बेला पर्वतमा जोशीले जित निकाल्न सक्ने हो भने, जोशीको संसदीय राजनीतिको उचाई भने थप उत्र्कषमा भने पुग्नेछ । समाचार टिप्पणी




