Print

पर्वतको दक्षिणी क्षेत्रमा रित्तिदै कांग्रेस, नेबिसंघ पुर्व जिल्ला अध्यक्ष पाठक सहितका कार्यकर्ता एमालेमा

१० मंसीर, पर्वत । निर्वाचनको पुर्व सन्ध्यामा पर्वतको फलेवास नगरपालिकाको बिभिन्न ठाँउमा गरि ३६ जना भन्दा बढि कार्यकर्ताहरु नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । फलेवास नगरपालिकाको ठानामौला,खानिगाँउ,पाङग्राङमा भएको बिभिन्न कार्यक्रममा ने.बि.सघं पुर्व जिल्ला अध्यक्ष राधा कृष्ण पाठक सहित ३६ जना भन्दा बढि कार्यकर्ता काङग्रेस छोडी एमालेमा प्रवेश गरेका हुन ।

देशलाई अग्रगामी परिर्वतन गर्ने शक्ति बामगठबन्धन नै भएको निश्कर्ष सहित पाङराङ लगाएतका क्षेत्रबाट नेकपा एमालेमा प्रवेश गर्नेको लहर यतिबेला ह्यातै बढेर गएको छ ।

प्रवेश गर्नेहरुमा नेपाली काङग्रेसका भिम प्रसाद चपाई, देवी लामीछाने, कुल बा. कुवँर,धन बा. गुरुङ,राजेश सुनार धर्म प्रसाद कुवँर,तुलाराम दर्जी,प्रेम दर्जी,हिमु दर्जी राम बा.नेपाली,लाल बा. नेपाली,पुर्ण बा. नेपाली र नयाँ शक्ति नेपालका बिष्णु प्रसाद भुषाल रहेका छन । एमालेमा प्रवेश गर्नेहरुलाई नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका उमेदवार पदम गिरीले फुलमाला खादा र अबिरले स्वागत गरेका थिए । नव प्रवेशीहरुलाई स्वागत गर्दै उम्मेदवार गिरीले देशले विकासको गति लिन खोजेको र स्थिर सरकारको माग गरेका कारण अव खुट्टा नकमाई स्थितर बाम सरकार निर्माणका लागि सूर्य र गोलाकार भित्रको हँसिया हतौडामा मतदान गर्न आग्रह गरे ।