Print

प्रवासी युवाहरुले शुरु गरे पदम गिरी जिताऔं अभियान (भिडियो सहित)

११ मंसीर, पर्वत । रोजगारीका लागि प्रवासमा बसिरहेका युवाहरुले प्रतिनिधि सभाका उमेदवार पदम गिरीलाई जिताउन अयिभान सञ्चालन गरीरहेका छन । जिल्ला र देशको विकास नभएका कारण आफूहरु विदेशीनु परेको भन्दै आगामी दिनमा जिल्लाको विकासका लागि युवा र परिर्वतनगामी शक्तिलाई जिताउने उद्घोषका साथ उनीहरु युवा नेता गिरीलाई जिताउने अभियानमा लागको हुन । कुशल राजनैतिक नेतृत्व नहुँदा जिल्लाले विकासको गति लिन नसकेको भन्दै प्रवासमा रहेका युवाहरुले नेकपा एमालेको तर्फबाट उमेदवार बनेका गिरीलाई जिताउन अभियान शुरु गरेका छन ।

केहि दिन अघि मात्रै साउदीबाट अमित सागरले खुल्ला पत्र लेख्दै पदम गिरीको पक्षमा मत मागेका थिए । उनले घर परिवारलाई फोन गरेर पदम गिरी जिताउन सूर्य चिन्ह्मा मतदान गर्न आग्रह गरेको खुुल्ला पत्र मार्फत सार्वजनिक गरेका थिए । सागर मात्र होइन, अमेरिकामा विनोद पौडेलको नेतृत्वमा चुनाव प्रचार प्रसार समिति बनेका छ ।

बाम गठबन्धनका विजयी मात्र जिल्लाको विकास सम्भव भएको भन्दै कतारमा शेषराज तिमिल्सीनाको नेतृत्वमा चुनावी प्रचार समितिको युवाहरुले गठन गरेका छन । प्रवासमा रहेनहरुले घरमा फोन गर्दै आगामी निर्वाचनमा पदम गिरी लगाएतको अग्रगामी उमेदवारहरुलाई जिताउन अपिल गरीरहेका छन ।

प्रवासबाट अमित सागरले पदम गिरीलाई लेखेको खुल्ला पत्र