Print

साढे दुर्ई दशक देखि एमालेको राजनीतिमा सक्रिय लम्सालसंग कांग्रेस कार्यकर्ता वीच नै अपरिचित तिवारी

१० मंसीर, पर्वत । जिल्लाको क्षेत्र नं. २ अन्तर्गतको निर्वाचन रोचक बनिरहेको छ । क्षेत्र न २ मा नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष समेत रहेका पूर्व सांसदसंग नेपाली कांग्रेसका राजेन्द्र तिवारी चुनावी मैदानमा छन । नेकपा एमालेको झण्डै २ दशक सक्रिय राजनीतिसंगै संविधान निर्माण प्रक्रियामा निकै प्रभावकारी काम गरेका लम्सालसंग नेपाली कांग्रेसको जिल्ला राजनीतिमा निकै पछिल्लो समयमा देखिका तिवारी प्रतिस्पर्धामा देखिएका छन ।
तिवारी पेशाले हाइड्रोपावरका कर्मचारी हुन ।

पेशागत मुनाफालाई सामाजिक क्षेत्रमा खर्च गर्ने अभिप्रायका साथ राजनीतिमा होमिएका उनले केहि विद्यालयमा सहयोग र भुकम्प पिडितको घाउँमा मलम लगाउने काममा सक्रिय बनेका थिए । उनी नेपाली कांग्रेस पर्वतबाट महाधिवेशन प्रतिनिधि हुन । नेपाली कांग्रेसको सक्रिय राजनीति गरेको छोटो अवधिमा कांग्रेसको उमेदवार बन्न सफल तिवारी कम्युनिष्ट पारिवारिक पृष्टभूमिका ब्यक्ति हुन ।

तिवारीसंग २०५४ सालको स्थानीय निकायको निर्वाचनमा गाविस हुँदै जनताको माझमा सक्रिय राजनीतिमा होमिएका लम्सालले २०६२/०६३ को आन्दोलनमा जिल्लामा अग्रणी मोर्चामा आन्दोलनको नेतृत्व गरेका थिए । लम्सालकै अगुवाईमा आन्दोलनमा शालीक ढाल्ने देखि प्रहरीसंगको मुठभेडलाई अगुवाई भएको थियो ।

युवा पुस्ता वीच लोकप्रिय बनेका लम्साल नेकपा एमालेको उप सचिव हुँदै पार्टी प्रमुखको रुपमा अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी अध्यक्षको कार्यकालमै प्रतिनिधि सभाको सासंदको रुपमा क्षेत्र न २ बाट निर्वाचित बनेका हुन । पार्टी अध्यक्षको भूमिका रहँदा देखि नै आफ्नो निर्वाचन क्षेत्रका जनतासंग घनिष्ट सम्बन्ध बनाउदै जनताको पिर ब्यथा बुझ्दै आएका लम्सालसंग तिवारीको चुनावी रस्साकस्सी शुरु भएको छ ।

तिवारी केहि सञ्चारकर्मी र केहि नेतृत्वपंक्ति बीच लोकप्रिय छन । प्रतिनिधि सभाका उमेदवार समेत रहेका पूर्व सांसद अर्जुन जोशीको रोजाईमा उम्मेदवार बन्ने अवसर पाएका उनलाई जोशीको भने पूर्ण समर्थन छ । जोशीले आफूले जसरी पनि तिवारीलाई विजयी गराउने संकल्पका साथ उम्मेदवार केन्द्रबाट तिवारीको पक्षमा पार्न सफल भएका थिए । पैयू क्षेत्रका बासिन्दा तिवारीले पैयू क्षेत्रबाट अत्याधिक मत ल्याउने केहि ब्यक्तिहरुको विश्लेषण छ ।

उनी कांग्रेसको राजनीतिमा पछिल्लो समय मात्र सक्रिय बनेका र संगठन विस्तारमा गाउँ वस्ति स्तरमा नपु्गेका कारण कांग्रेस कार्यकर्ता वीच नै अपरिचित छन । आफ्नै कार्यकर्ता वीच अपरिचित तिवारीले आम मतदाताको मन जितेर कति मत ल्याउनेहुन आम चासोको विषय बनेको छ । (समाचार टिप्पणी)