Print

मुस्ताङको ३७ मतदान केन्द्रमा ९ सय २१ सुरक्षाकर्मी

९ मंसीर, मुस्ताङ । हिमाली र उच्चपहाडी जिल्ला अन्तर्गत पहिलो चरणमा आईतवार हुँन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मुस्ताङको ३७ मतदानकेन्द्रमा ९ सय २१ सुरक्षाकर्मी खटाईने भएको छ । मुस्ताङका प्रमूख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार भोली हुँने मतदानका लागि १ सय ९५ म्यादी,२ सय ६२ नेपाल प्रहरी,२ सय ४४ शसस्त्र प्रहरी र २ सय २० जना नेपाल सेनाका जवानले शान्ति सुरक्षा प्रदान गर्ने भएका छन् ।प्रजिअ तिवारीले आईतबार हुँने निर्वाचनलाई निश्पक्ष,सोतन्त्र,धाँदली रहित र शान्तिपूर्ण बातावरणमा सम्पन्न गर्न संम्पूर्ण तैयारी पूरा भएको जानकारी दिए ।

‘सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटाईएको छ,आवश्यक परे थप सुरक्षाकर्मी मुभ गर्ने व्यवस्था समेत गरेका छौ’प्रजिअ तिवारीले भने‘उपल्लो मुस्ताङ देखि तल्लो म्ुस्ताङ सम्म मतदानका लागि मतदानकेन्द्रमा कर्मचारी कार्यक्षेत्रमा खटाई सकिएको छ ,मतदान सकिए लगत्तै त्यसको ढुवानी देखि व्यवस्थापन सम्मको पूर्व तैयारी भएको छ ।’ पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत मुस्ताङको ३७ मतदान केन्द्रमा संम्पूर्ण तयारी पूरा भएको मूख्य निर्वाचन अधिकृतको कार्यालले बताएको छ ।मूख्य निर्वाचन अधिकृत बलराम त्रिपाटीले ३७ मतदानकेन्द्रमा मतदान सामाग्री पठाई सकिएको र त्यसका लागि २ सय ५९ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत र अन्य सहयोगी परिचालन भएको जानकारी दिए ।‘निर्वाचनका लागि शनिबार सबै मतदान केन्द्रमा आवश्यक संम्पूर्ण व्यवस्थापन पूरा भएको छ’त्रिपाटीले भने‘निर्वाचन शान्तिपूर्ण वातावारणमा संम्पन्न हुँनेछ ।’

१ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको हिमालपारी मुस्ताङमा ९ हजार ४ सय २७ मतदाता छन् ।जसमध्ये उपल्लो मुस्ताङ प्रदेश ‘क’ मा ३ हजार १ सय ५६ मतदाता र तल्लो मुस्ताङ प्रदेश ‘ख’मा ६ हजार २ सय ७१ मतदाता छन् । मुस्ताङमा नेपाली काग्रेस र बामगठबन्धन बीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।प्रतिनिधि सभामा नेपाली काग्रेसबाट पूर्व बाणिज्यमन्त्री रोमी गौचन थकाली र बामगठबन्धनबाट प्रेम प्रसाद तुलाचन बीच चुनाबी प्रतिस्पर्धा गर्देछन् ।यि २ उम्मेदवार ०७० को दोश्रो संम्बिधान सभा निर्वाचनमा आमने सामने भएका थिए ।त्यस्तै प्रदेश‘क’मा नेपाली काग्रेसबाट मिक्यूर गुरुङ र बामगठबन्धनबाट ईन्द्रधारा बिष्ट र प्रदेश‘ख’मा नेपाली काग्रेसबाट छिरिङ धावा गुरुङ,बामगठबन्धनबाट महेन्द्र बहादुर थकाली,राप्रपा प्रजातान्त्रिकबाट प्रविण शेरचन र राप्रपाबाट नरबहादुर हिराचनको उम्मेदवारी छ ।

यहाँ नेपाली काग्रेसका गुरुङ र बामगठबन्धनबाट महेन्द्र बहादुर थकाली बीच मुख्य प्रतिस्पर्धा हुँने भएको छ । पहिलो चरणमा हुँने निर्वाचनमा मतदान गर्न जिल्ला बाहिर रहेका मुस्ताङेहरु धमाधम जिल्ला फर्किएका छन् ।हिउँदको चिसो मौसम सुरु भए लगत्तै उपल्लो मुस्ताङका आधाजसो मुस्ताङी जिल्ला बाहिरीएका थिए ।उनीहरु निर्वाचनमा भाग लिएका राजनितिक दलकै पहलमा जिल्ला फर्किएका हुँन् ।तल्लो मुस्ताङमा मतदान गर्ने तर जिल्ला बाहिर भएका मुस्ताङी पनि उल्लेख्य रुपमा मतदान गर्नका लागि जिल्ला फर्किएका हुँन् ।यसरी जिल्ला बाहिर रहेका मुस्ताङीमा ३० प्रतिशत उपल्लो मुस्ताङ र १० प्रतिशत तल्लोक्षेत्रका मतदाता छन् ।

मतदानका लागि जिल्ला फर्किएका सनिष मल्लले आफ्नो मौलिक हकअधिकार प्रयोग गर्न व्यवसायलाई पन्छ्याएर जिल्ला फर्किएको बताए ।उनले जिल्लाको समृद्धि र बिकासका लागि योगदान गर्न सक्ने योग्य उम्मेदवारलाई जिताउनु पर्ने बताए ।त्यस्तै उपल्लो मुस्ताङका छिरिङ गुरुङले जिल्लाको बिकास गर्नसक्ने नेतालाई मतदान गर्नका लागि जिल्ला फर्किएको बताए ।  सुन्दर कुमार थकाली